हिरो इलेक्ट्रिकले ल्याउदै छ १५ मिनेटमा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर, ब्याट्री १० वर्षभन्दा बढी टिक्ने
हिरो इलेक्ट्रिकले १५ मिनेटमा फुल चार्ज गर्ने प्रविधिमा काम गरिरहेको...
कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम सुरु गरेको छ । यस अनुसार हिरोको नयाँ बाइक खरिद गर्नको लागि शोरुममा जानु आवश्यक पर्दैन । ग्राहकले आफूलाई मनपर्ने बाइक र स्कुटर अनलाइन खरिद गर्न सकिन्छ । हिरोको वेबसाइटमार्फत बाइक वा स्कुटर खरिद गर्न सकिन्छ ।
हिरोको भर्चुअल शोरुममा ९ बाइक अनलाइन खरिद गर्न सकिन्छ । यसमा हिरो एक्सपल्स २००, एक्सट्रिम २००एस, एक्सट्रिम १६०आर, प्लेजर प्लस, मेस्ट्रो १२५, मेस्ट्रो एज११०, डेस्टिनी १२५, स्प्लेन्डर प्लस र प्यासन प्रो समावेश रहेको छ । अनलाइन खरिदको लागि ५ हजार भाररुमा बुकिङ गर्न सकिन्छ ।
ग्राहकले भर्चुअल शोरुममा आफूलाई मनपर्ने बाइक वा स्कुटर छान्दा भारतको राज्य र क्षेत्रको हिसाबले एक्स शोरुमको मूल्य देखा पर्छ । अनलाइन बाइक खरिद गर्दा ग्राहकलाई कुनै प्रकारको समस्या आएमा डिलरशिपमा कलब्याक गर्न पनि सकिन्छ । बुकिङ प्रक्रियाको लागि फोनमार्फत सहयोग प्राप्त हुन्छ ।
कोरोना भाइरसबाट बच्नको लागि कम्पनीले सामाजिक दुरीलाई ध्यानमा राखेर भर्चुअल शोरुम सुरु गरेको हो । भर्चुअल शोरुम एप्पल र एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध रहेको छ ।
हिरो इलेक्ट्रिकले १५ मिनेटमा फुल चार्ज गर्ने प्रविधिमा काम गरिरहेको...
काठमाडौं – नेपाली बजारमा हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी...
हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...