सेल्फ र किक दुवैबाट स्टार्ट भएन बाइक ? यसो गरौ

हाल उपलब्ध अधिकांश स्पोर्ट्स बाइकमा सेल्फ स्टार्ट मात्र जडान गरिएको हुन्छ । सेल्फ स्टार्ट मात्र भएको बाइक कुनै कारणले बन्द भयो भने समस्या हुन सक्छ । यद्यपि बाइकलाई धक्का दिएर पनि स्टार्ट गर्न सकिन्छ । तर, यो विधि हरेक ठाउँमा प्रयोग गर्न सकिदैन । यसको लागि केही उपाय अपनाउनु पर्ने हुन्छ ।

बाइकलाई बिना सेल्फ र किकले स्टार्ट गर्नको लागि यो विधि निकै उपयोगी हुन्छ । यसको लागि केही टेक्निक लगाउनु पर्ने हुन्छ । सबैभन्दा पहिला बाइकलाई डब्बल स्ट्यान्डमा राख्नु पर्छ । त्यसपछि बाइकको ग्रिप जाँच गर्नु पर्छ । बाइक स्टार्ट गर्ने समयमा यो खस्नु भएन ।

बाइकलाई डबल स्ट्यान्डमा राखिसके पछि बाइकलाई टप गियरमा राख्नु पर्छ । त्यस पछि बाइकको पछाडिको टायरलाई अगाडि तर्फ घुमाउनु पर्छ । बाइकको टायरलाई झट्का दिएर अगाडि घुमाउदा इन्जिन स्टार्ट हुन थाल्छ । यसरी २÷३ पटक गर्दा बाइक स्टार्ट हुन्छ । सो विधि कुनै पनि अफ्ठेरो परिस्थितिमा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग

अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनो अटोमोटिभले वान वे क्लच लगायतका विभिन्न नयाँ मोडलका क्लच बजारमा...

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...