जेठ महिनामा भित्रिए ९१५ विद्युतीय कार, ११ महिनामा भित्रिए ३,८७०

काठमाडौं – गत जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । चालु आर्थिक वर्ष सकिने एक महिना बाँकी हुँदा ११ महिनामा कुल ३ हजार ८७० विद्युतीय कार भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा बढी १०० किलोवाट भन्दा कम क्षमताका विद्युतीय कार भित्रिएका छन् । यो अवधिमा भारत, चीन, इन्डोनेसिया, कोरिया र बेलायतबाट यी गाडी भित्रिएका हुन् । सबैभन्दा बढी भारतबाट २ हजार १७९ र त्यसपछि चीनबाट १ हजार २२१ विद्युतीय कार भित्रिएका छन् ।

यसैगरी १०० किलोवाटदेखि २०० किलोवाटसम्मको वर्गमा १०६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट शीर्षकमा १० वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय कार नेपाल भित्रिएको हो। यसैगरी २०१ देखि ३ सय किलोवाटसम्म २ वटा विद्युतीय कार भित्रिएको हो।

नेपालमा चालु अर्थिक वर्षको साउन महिनामा २११, भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।

त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए ।

जेठ महिनामा यसरी एकैपटक धेरै संख्यामा इलेक्ट्रिक सवारी भित्रिएका हुन् । यो महिना बजेट प्रस्तुत गर्ने समय भएको र विभिन्न सूचना चुहिएका कारण व्यवसायीहरुले एकैपटक धेरै सवारी भित्र्याएको भनेर आलोचना समेत भएको थियो ।

सम्बन्धित समाचारहरू

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम...

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले इलेक्ट्रिक सवारीसाधन लगायतका चिनियाँ सामानमा भन्सार बढाउने...

४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...