देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

काठमाडौँ - सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो समयमै नेपालमा ८ सयभन्दा बढी परिमाणमा बिक्री भएको छ । उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्री विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएको कम्पनीले जनाएको छ । नेटा भी चाँडै नै नेपाली ईभी बजारमा देशभरका ग्राहकहरूको मन जित्न सफल भएको छ ।

प्रत्येक नेटा भीमा उन्नत र अत्याधुनिक प्रविधिका साथै उत्कृष्ट इन्जिनियरिङ रहेको छ । यसले ड्राइभिङमा फरक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका छन् । यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले बताएको छ । यो ईभी गाडीलाई २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । एक पटकको चार्जमा ३ सय ८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टी पाइन्छ ।

नेटा होजोन अटो अन्तर्गतको कम्पनी हो । उत्कृष्ट परफमेन्स, छिटो चार्जिङ क्षमता र वारेन्टीहरूका लागि उन्नत प्रविधिहरूसहित आकर्षक र पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्नमा केन्द्रित नेटा भीले चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ । आगामी दिनमा थप नयाँ मोडल लञ्च गर्न उत्साहित भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा अल्ट्राभायोलेटको एक्स–४७ क्रसओभर लन्च, २४ घण्टामै ३,००० बुकिङ

भारतमा अल्ट्राभायोलेटको एक्स–४७ क्रसओभर लन्च, २४ घण्टामै ३,००० बुकिङ

भारतको इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन कम्पनी अल्ट्राभायोलेटले नयाँ...

नेपाल भित्रिदै अर्को गुणस्तरीय स्पोर्टी इलेक्ट्रिक मोटरसाइकल

नेपाल भित्रिदै अर्को गुणस्तरीय स्पोर्टी इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक समेत भित्रिने क्रम बढिरहेको छ ।...

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...