८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका यस्ता एसयूभी उपलब्ध छन् । बजारमा अहिले ४ करोड हाराहारी मूल्य पर्ने बिएमडब्लु र टोयोटाका एसयूभी समेत कारोबार भैरहेको छ । यस्ता एसयूभीको पहुँच केही व्यक्तिमा मात्र सीमित हुने हुँदा सामन्यतया १ करोड मूल्य हाराहारीका एसयूभीको चर्चा बढी हुने गरेको पाइन्छ ।

नेपाली बजारमा ८० लाखदेखि १ करोड ५० लाख मूल्य बीचमा स्तरिय एसयूभी खरिद गर्न सकिन्छ । यो मूल्य रेन्जमा बिभिन्न ब्रान्डका यस्ता एसयूभी उपलब्ध हुँदै आएपनि बजारमा चर्चा भने जिप कम्पास र हुन्डाई टुसानको बढी मात्रामा हुने गरेको छ । अमेरिकन अटो निर्माता जिप र कोरियन ब्रान्ड हुन्डाईबीच यो मूल्य रेन्जमा प्रतिस्पर्धा समेत उच्च हुँदै गएको छ ।

जिपको नेपालका लागि आधिकारिक बितरक लाइफ अटोमोबाइलले २ महिना अघि सार्बजनिक गरेको न्यू कम्पास हालसम्म ४ दर्जन हाराहारीमा बिक्री भैसकेको छ भने १० दिनअघिमात्र भित्रिएको नयाँ टुसानको माग समेत उच्च रहँदै आएको छ । पहिलो चरणमा भित्रिएका नयाँ टुसानको सम्पूर्ण युनिट बिक्री भैसकेको र नयाँ अर्डर आउने क्रममा रहेको कम्पनी स्रोतले बताएको छ ।

बेस र टप भेरिएन्टको मूल्य समेत करिब करिब समान
जिपको नयाँ कम्पास भारतीय बजारमा उत्पादन भई नेपाल आयात हुँदै आइरहेको छ भने हुन्डाईको नयाँ टुसान सिधै कोरियाबाट आयात भैरहेको छ । कम्पास १४ सय क्षमतामा पेट्रोल र २ हजार सीसी क्षमतामा डिजेल इन्जिनमा उपलब्ध छ । त्यसैगरी टुसानको ४ वटै भेरिएन्ट २ हजार सीसी क्षमता पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ ।

कम्पासको बेस भेरिएन्ट स्पोर्टको मूल्य नेपाली बजारमा ८४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने टुसानको बेस भेरिएन्ट जीएल टु ह्विल ड्राइभ म्यानुअल ट्रान्समिसनको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी कम्पासको १४ सय सीसी क्षमताको लिमिटेड एडिसनको मूल्य नेपाली बजारमा १ करोड ११ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी २ हजार सीसी क्षमताको कम्पास अटोमेटिकको मूल्य १ करोड ९ लाख ९० हजार, एस मोडलको अटोमेटिक भेरिएन्टको १ करोड १८ लाख ९० हजार, कम्पास अटोमेटिक फोर बाई फोर भेरिएन्टको मूल्य १ करोड २७ लाख ९० हजार र सबैभन्दा महंगो एस मोडल फोर बाई फोर अटोमेटिक भेरिएन्टको १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उता टुसान जीएलएस टु ह्विल ड्राइभ अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र १ करोड १४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ भने सबैभन्दा महंगो भेरिएन्ट जीएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक ट्रान्समिसनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टुसानको टप भेरिएन्टको एसयूभी भने डिजेल इन्जिनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

डिलरशिपमा पुग्न थाल्यो क्रेटा फेसलिफ्ट, ८ दिनपछि लन्च हुँदै

डिलरशिपमा पुग्न थाल्यो क्रेटा फेसलिफ्ट, ८ दिनपछि लन्च हुँदै

हुन्डाईले अपडेटेड क्रेटालाई भारतभरका डिलरशिपहरूमा पठाउन थालेको छ । अवको ८...

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...

भारतमा स्कोडा कुशाकको डेलिभरी प्रारम्भ, प्रतीक्षामा नेपाली ग्राहक

भारतमा स्कोडा कुशाकको डेलिभरी प्रारम्भ, प्रतीक्षामा नेपाली ग्राहक

चेक कार निर्माता कम्पनी स्कोडा कुशाकको भारतमा डेलिभरी प्रारम्भ भएको छ । गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...