टीभीएस मोटोसोल ६.० डिसेम्बर ११ र १२ मा आयोजना हुँदै, बाइक रेसिङदेखि लाइभ कन्सर्टसम्मका आकर्षण
टीभीएस मोटरले आफ्नो सबैभन्दा ठुलो टीभीएस मोटोसोल ६.० महोत्सव आयोजना गर्ने...
सहरका भीडभाड भएका सडकमा आरामसँग स्कुटर चलाउन सकिने भएकोले यसको माग बढी छ । तर, बजारमा पाइने स्कुटरको उचाई निकै अग्लो हुने भएकाले उचाई अलि कम भएकाहरुलाई स्कुटर चलाउन निकै गाह्रो हुन्छ ।
यस्तो अवस्थामा बजारमा पाइने कम उचाई र कम मूल्य भएका स्कुटर उपयोगी हुन्छन् ।
टीभीएस स्कुटी पेप प्लस
टीभीएस स्कुटी पेप प्लसको सिटको उचाई ७६० एमएम छ । स्कुटी पेप प्लस मुख्यतया महिलाका लागि बनाइएको हो । बीएस६ भएको स्कुटी पेप प्लस हाल नेपाली बजारमा भने बिक्रीका लागि उपलब्ध छैन । कुनै समयमा यो नेपाली बजारमा धेरै बिक्री हुने स्कुटरमा पथ्र्यो ।
टीभीएस स्कुटी जेस्ट ११०
टीभीएस स्कुटी पेप प्लसको तुलनामा टीभीएस स्कुटी जेस्ट ११० बोल्ड डिजाइन र मस्कुलर लुक देखिन्छ । यसको सिटको उचाई पनि ७६० एमएम छ । सो स्कुटरको मूल्य १ लाख ७८ हजार ९ सय रुपैयाँ छ ।
हिरो प्लेजर प्लस
हिरो मोटोकर्पले केही समय पहिले नयाँ स्टाइलको साथ नयाँ प्लेजर प्लस लन्च गरेको थियो । यसको सिट उचाइ ७६५ एमएम छ । भारतमा बीएस६ हिरो प्लेजर प्लसको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ छ ।
टीभीएस जुपिटर
टीभीएस जुपिटरको सिट उचाइ ७६५ एमएम छ । नेपालमा उपलब्ध टीभीएस जुपिटर क्लासिकको मूल्य मूल्य २ लाख ११ हजार ९ सय रुपैयाँ छ ।
होन्डा एक्टिभा
होन्डा एक्टिभा नेपाली बजारमा समेत उपलब्ध छ । यसको सिट उचाइ ७६५ एमएम छ । सो स्कुटरको मूल्य २ लाख ४२ हजार ९ सय रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...