बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– चोरी भएका १ हजार ४ सय ४६ मोटरसाइकल फेला परेपनि सवारी धनी पहिचान नभएपछि महानगरीय ट्राफिक महाशाखाले ती मोटरसाइकललाई भन्सारमा पठाएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७६/७७ सम्म विभागले सवारीधनी पहिचान नभएका १ हजार ४ सय ४६ मोटरसाइकल भन्सार कार्यालयमा पठाएको हो ।
जसमध्ये २०७०/०७१ मा २ सय ७, ०७१/०७२ मा ४ सय, ०७२/०७३ मा १ सय ८८, ०७३/०७४ मा ६१, ०७४/०७५ मा ५ सय ४८, ०७५/०७६ मा ४२ वटा मोटरसाइकलको सवारी धनी पहिचान नभएपछि भन्सारमा पठाइएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
७ वर्ष यता हराए ७४४८ मोटरसाइकल, १७२० मोटरसाइकल सवारीधनीलाई जिम्मा
७ वर्षको अवधिमा काठामाडौं उपत्यकामा ७ हजार ४ सय ४८ मोटरसाइकल हराएको निवेदन महाशाखामा परेको छ । जसमध्ये १ हजार ७ सय २० मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ । हराएको निवेदन मध्ये २०७०/०७१ मा ७ सय ४० ०७१/०७२ मा ४ सय ७१, ०७२/०७३ मा ७ सय ३३, ०७३/०७४ मा १ हजार २५, ०७४/०७५ मा १ हजार ३ सय ८२, ०७५/०७६ मा १ हजार ६ सय ११ र ०७६/७७ मा १ हजार ३ सय ८६ वटा निवेदन महाशाखामा परेको छ ।
१ सय ५१ मोटरसाइकल र ३ सय २६ जना व्यक्तिलाई कारवाही
७ वर्षको अवधिमा १ सय ५१ वटा मोटरसाइकल सहित ३ सय २६ जना चोरीमा संलग्न व्यक्तिलाई कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ । जसमध्ये, २०७०/०७१ मा १७ मोटरसाइकल र ३७ जना मानिस, ०७१/०७२ मा ८ वटा मोटरसाइकल र १५ जना मानिस, ०७२/०७३ मा १७ वटा मोटरसाइकल र ३६ जना मानिस, ०७३/०७४ मा १४ वटा मोरसाइकल र १५ जना मानिस, ०७४/०७५ मा २१ मोटरसाइकल र २३ जना मानिस, ०७५/०७६ मा ५१ वटा मोटरसाइकल र ८१ जना मानिस, ०७६/७७ मा २३ वटा मोटरसाइकल र १ सय १९ जना चोरीमा संलग्न मानिसलाई पक्राउ गरी कारवाहीका लागि पठाइएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...