बुकिङ खुलेको २४ घण्टामै टाटा सिएराले पायो ७२ हजार यूनिट अर्डर

टाटा सिएराले बुकिङ खुलेको २४ घण्टामै ७० हजार यूनिट अर्डर पाएको छ । डिसेम्बर १६ मा बुकिङ खुला भएपछि सिएरा एसयूभीले छोटो समयमै उत्साहजनक बुकिङ पाएको हो । त्यसैगरी, १ लाख ३५ हजार ग्राहकले आँफूलााई मनपर्ने कन्फिगरेसनबारे राय ब्यक्त गरेका छन् ।

७ वटा भेरिएन्टमा उपलब्ध नयाँ सिएराको सुरुवती मूल्य ११ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । एसयूभी तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ । जसमा नयाँ १.५ लिटर डाइरेक्ट इन्जेक्शन टर्बो–पेट्रोल, १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर डिजेल यूनिट सामेल छन् ।

फिचरबारे कुरा गर्नुपर्दा, सिएराको उच्च भेरियन्टमा १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, १२.३ इन्चको प्यासेन्जर डिस्प्ले र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर सहितको ट्रिपल–स्क्रिन लेआउट राखिएको छ ।

एसयूभीमा केन्द्रमा उज्यालो टाटा लोगो भएको ४ स्पोक स्टेयरिङ ह्वील, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट तथा रिक्लाइनिङ रियर सिट दिइएको छ ।

त्यसैगरी, नयाँ सिएरामा सेन्टर आर्मरेस्ट, रियर सनशेड, हेड–अप डिस्प्ले, १२–स्पिकर जेबिएल साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कार प्ले, लेभल २ एडास र ३६० डिग्री क्यामेरा जस्ता अत्याुधिनक विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...

भविष्यमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार बन्न सक्छ टाटा पन्च

भविष्यमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार बन्न सक्छ टाटा पन्च

टाटा मोटर्सले हालै भारतीय बजारका लागि सार्वजनिक गरेको टाटा पन्चको चर्चा...

टाटा अल्ट्रोज बन्यो भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार

टाटा अल्ट्रोज बन्यो भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार

टाटा मोटर्सको प्रिमियम ह्याचब्याक अल्ट्रोज भारत न्यु कार एसेसमेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...