सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड, ७० अंक ल्याए सहजै पास

आगामी असोज १ देखि वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । यस अनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिने छ ।

संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू गर्न लागिएको वाग्मती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए । 

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ ।

एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । अंक घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा पाँच र एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अंक घट्ने व्यवस्था गरिएको छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि चार अंक घट्नेछ ।

प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । चालु आर्थिक वर्षभित्रै चितवन र सिन्धुलीको खुर्कोटबाट पनि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात...

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

काठमाडौँ – सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स लिन चाहिने...

अब सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड, ७० ल्याए पास, यस्तो हुनेछ अन्य व्यवस्था

अब सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड, ७० ल्याए पास, यस्तो हुनेछ अन्य व्यवस्था

काठमाडौं – सरकारले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रको लागि लिइने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...