एमजी म्याजेस्टर सार्वजनिक, अप्रिलबाट टेस्ट ड्राइभ र मेदेखि डेलिभरी

एमजी मोटर इन्डियाले भारतमा आफ्नो नयाँ ७ सिटर एसयूभी म्याजेस्टर सार्वजनिक गर्दै आधिकारिक रूपमा बुकिङ खुला गरेको छ। अन्तर्राष्ट्रिय बजारमा डेब्यु र विभिन्न टिजर सार्वजनिक गरेपछि कम्पनीले भारतीय बजारका लागि यो पूर्ण आकारको बडी अन फ्रेम एसयूभी अनावरण गरेको हो।

कम्पनीले प्रारम्भिक ३ हजार प्रि बुकिङ गर्ने ग्राहकलाई विशेष सुविधा दिने घोषणा गरेको छ। त्यस्ता ग्राहकले ५ वर्षको असीमित किलोमिटर वारेन्टी, ५ वर्षको रोडसाइड असिस्टेन्स र ५ वर्षसम्म लेबर फ्रि सर्भिस निःशुल्क उपलब्ध गराउनेछ । नयाँ म्याजेस्टरलाई कम्पनीले हाल बिक्रीमा रहेको एमजी ग्लोस्टर भन्दा माथिल्लो स्थानमा राखेको छ। सो एसयूभीले टोयोटा फर्च्युनर, जीप मेरिडियन, स्कोडा कुशाक र फक्सवागन टायरनसँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीका अनुसार सो गाडीको टेस्ट ड्राइभ अप्रिल २०२६ देखि सुरु हुनेछ भने डेलिभरी मे २०२६ बाट सुरु हुने अपेक्षा गरिएको छ। म्याजेस्टर ३ भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा शार्प ४×२ इन्ट्री लेवल, सेभी ४×२ मिड स्पेक र सेभी ४×४ टप स्पेकका रूपमा प्रस्ताव गरिनेछ।

नयाँ म्याजेस्टरमा २.० लिटर ट्विन टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५ हर्सपावर र ४७८ एनएमको टर्क उत्पादन गर्छ। गियर परिवर्तनका लागि ८ स्पिड अटोमेटिक गियरबक्स प्रयोग गरिएको छ। साथै, एसयूभीमा आवश्यकता अनुसार सक्रिय हुने फोर ह्विल ड्राइभ सिस्टम समावेश गरिएको छ ।

अफ रोड क्षमताका लागि यसमा एम हब अल टेरेन म्यानेजमेन्ट सिस्टम जडान गरिएको छ, जसअन्तर्गत चालकले १० फरक ड्राइभ तथा भौगोलिक अवस्थाअनुसारका मोड चयन गर्न सक्नेछन् । साथै एम क्रल सुविधा, कम गतिमा प्रयोग हुने ट्रान्सफर केस, ३ वटा डिफरेन्सियल लक र ८१० मिलिमिटर गहिराइसम्म पानी पार गर्न सक्ने क्षमता जस्ता विशेषताले यसलाई कठिन भूभागका लागि उपयुक्त बनाएको छ।

फिचरका रुपमा यसमा अगाडिका सिटमा भेन्टिलेशन सहित मसाज सुविधा, ट्राई जोन क्लाइमेट कन्ट्रोल, एडास, प्यानोरामिक सनरुफ र प्रिमियम इन्टेरियर उपलब्ध छ । यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट, १२ स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, इलेक्ट्रिक टेलगेट, ६ एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता सुविधा समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

एमजी क्लाउड ईभीको पहिलो टिजर रिलिज, छिट्टै लन्च हुने

एमजी क्लाउड ईभीको पहिलो टिजर रिलिज, छिट्टै लन्च हुने

एमजी मोटरले आफ्नो बहुप्रतीक्षित क्लाउड ईभीको नयाँ टिजर सार्वजनिक गरेको छ...

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

काठमाडौं– एमजि गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

एमजीको वहुप्रतिक्षित बिद्युतिय कार विन्डसर नेपाल आएको छ । नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...