ड्याटसनका गाडी किन्न ७.९९ प्रतिशतमै नविल बैंकले अटो लोन दिने, ब्याजदर परिवर्तन नहुने

काठमाडौं – ड्याटसनका गाडी किन्नका लागि नविल बैंकले अटो लोन उपलब्ध गराउने भएको छ । नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार वार्षिक ७.९९ प्रतिशतमा अटो लोन उपलब्ध हुनेछ ।

नविल बैंकले अटो लोनको सो दरलाई ५ वर्ष सम्म परिवर्तन गर्ने छैन । यसले गर्दा ग्राहकलाई धेरै नै राहत हुनेछ ।

नेपाली बजारमा ड्याटसनका न्यु रेडी गो र न्यु गो गाडी उपलब्ध छन् । यी गाडीको मूल्य क्रमशः २३ लाख ९९ हजार र २७ लाख ९९ हजार रुपैयाँ छ ।

रेडी गो ह्याचब्याकमा १८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स तथा क्लास लिडिङ रियर नि रुम कम्फर्ट जस्ता सुविधाका कारण यसमा सेडानको जस्तै सुविधा अनुभूति गर्न सकिन्छ । यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिने कम्पनीको भनाइ छ ।

नयाँ रेडी गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कारप्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युअल टोन इन्स्ट्रयुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइड इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, ड्युअल एयरब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामेरा पनि रहेको छ ।

अल न्यु ड्याटसन गोमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६८ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ । यसको ह्विलबेस २४५० एमएम छ । त्यसैगरी यसमा २६५ लिटर लगेज स्पेस र ४.६ मिटर टर्निङ रेडियस छ । यसले प्रतिलिटर १९.८३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसमा ७ इन्च क्षमताको एड्भान्स्ड टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्ट गर्न सकिन्छ । यसको सहयोगले आफूलाई मन पर्ने संगीत सुन्दै यात्रा गर्न सकिन्छ ।

नयाँ ड्याटसन गोमा अल ब्ल्याक क्रोम फिनिस प्रिमियम इन्टेरियर छ । त्यसैगरी स्टाइलिस एलईडी डीआरएल अर्थात डे टाइम रनिङ लाइट, डायनामिक ग्रिल, डायमन्ड कट १४ इन्चको एलोई ह्विल, स्टाइलिस र फलो मी होम फिचर भएको हेडल्याम्प छ । गाडी बन्द गरेको केही समय पछि सम्म सो हेडल्याम्प बलिरहने भएकाले घरमा पुग्नका लागि रातमा पनि सहज हुन्छ ।

नयाँ ड्याटसन गोमा अत्याधुनिक सेफ्टी फिचरहरु समेत उपलब्ध छन् । यसमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस र ब्रेक असिष्ट तथा रिभर्स पार्किङ सेन्सर विथ क्यामेरा छन् । यसमा राइड कन्ट्रोल एड्भान्स्ड सस्पेन्सन सिष्टम छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...