गाडी किन्नका लागि हिमालयन बैंकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने

काठमाडौं – हिमालयन बैंकले ७.९९ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंकले नयाँ कर्जाको व्याजदर घोषणा गर्दै यस्तो कर्जा सुविधा ल्याएको हो ।

यद्यपि व्यावसायिक प्रयोजनमा उपयोग गरिने सवारी साधनका लागि भने ९.९९ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकले सवारी साधनका साथै आवास कर्जा, शैक्षिक कर्जा, शिक्षण संस्थालाई दिइने कर्जा, साना तथा मझौला व्यावसायिक भवन निर्माण कर्जा पनि ७.९९ प्रतिशत व्याजदरमा दिने जनाएको छ ।

बैंकले स्थिर व्याजदरमा आवास, सवारी साधन र शैक्ष्किक कर्जा लिनेले ९.४९ प्रतिशतभन्दा माथि आवश्यकता अनुसार ३ देखि १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।

बैंकले ग्राहकका लागि न्यूनतम सेवा शुल्कका साथै अन्य विभिन्न सुविधा समेत उपलब्ध गराइरहेको जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...