सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
काठमाडौँ - चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
आर्थिक वर्ष ०७९/०८० मा १० हजार ६ सय ७५, आ.व.०८०/०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१/०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको सङ्ख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताए । सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिए ।
सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उनले बताए । तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरू राख्ने, आफ्नो गाडीको नियमित रूपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् ।
महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको सुवेदीले बताए ।
उनले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौँ उपत्यकासमित विभिन्न स्थानमा तीव्र गति न्युनिकरणमा लागेको बताए । जेन–जी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको उनले बताए ।
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
काठमाडौं – विभिन्न मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी...
काठमाडौं – दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...