६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार दावी गरिएको स्काइवेलका विद्युतीय कार नेपालतर्फ प्रस्थान गरेका छन् । नेपाली बजारका लागि आधिकारिक वितरक जी मोटर्स अन्तर्गतको जी ईभीले सो कुराको जानकारी दिएको छ ।

जी ईभीले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो । नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ ।

जनवरी महिनामै सो नयाँ इलेक्ट्रिक एसयूभी टेस्ट ड्राइभ तथा हस्तान्तरण समेत सुरु हुनेछ ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।

सम्बन्धित समाचारहरू

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं – महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले...

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

भारतको अग्रणी इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले भविष्यमा आउने ४ फरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...