यी हुन् ४ लाख देखि ५ लाखको मूल्यमा उपलब्ध ६ स्पिड गियरबक्स भएका बाइक

हाल उपलब्ध अधिकांश बाइकमा ५ स्पिड गियरबक्स हुन्छ । अधिकांश पर्फमेन्स बाइकमा ६ स्पिड गियरबक्स उपलब्ध रहेको छ ।

विशेषतः ६ गियर ओभरड्राइभको लागि हुने गर्छ जसमा बढी माइलेज उपलब्ध हुने गर्छ । साथै केही बाइक टप स्पिडसम्म पुग्नको लागि प्रयोग गरिन्छ । केही नयाँ बाइक ६ स्पिड गियरबक्सको साथमा उपलब्ध छन् ।

केटीएम २०० ड्युक

२०० सीसी सेगमेन्ट बाइकमा केटीएम २०० ड्युक बाइक निकै चर्चित बाइक हो । सो बाइकमा १९९.५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले १० हजार आरपीएममा २५ एचपीको पावर र ८ हजार आरपीएममा १९.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकको फ्रन्टमा ४ पिस्टन रेडिएल फिक्स्ड क्यालिपर डिस्क बे्रेक र रियरमा सिंगल पिस्टन फ्लोटिङ क्यालिपर डिक्स ब्रेक समावेश गरिएको छ ।

केटीएम २०० ड्युक बाइकको सीटको उचाई ८१० एमएम, कर्ब वेट १३४ किलोग्राम, ह्वीलवेस १२४५ एमएम, ग्राउन्ड क्लियरेन्स १७० एमएम र फ्युल ट्यांक क्षमता ११ लिटरको रहेको छ । नेपाली बजारमा दुई मोडलका केटीएम २०० ड्युक उपलब्ध छन् । नन–एबीएसको मूल्य ४ लाख ९९ हजार र एबीएसको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ छ ।

बजाज पल्सर आरएस २००

सो बाइकमा १९९.५ सीसी लिक्विड कुल, फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिन ९७५० आरपीएममा २४ बीएचपीको पावर र ८००० आरपीएममा १८.७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । बजाज पल्सर आरएस २०० बीएस ६ मा ट्वीन प्रोजेक्टर हेलल्याम्पको साथै एलईडी डेटाइम रनिङ लाइट, एलईडी टेललाइट र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ ।

सो बाइकमा फुली फेयर्ड डिजाइन र मस्क्युलर फ्युल ट्याङ, स्टेप्ड अप सीट, आकर्षक पेन्ट जब र ग्राफिक्स समावेश गरिएको छ । सो बाइकमा डिस्क ब्रेकको साथै सिंगल च्यानल एबीएस स्ट्यान्डर्ड समवेश गरिएको छ । नेपाली बजारमा बजाज पल्सर आरएस २०० हाल बिक्रीको लागि उपलब्ध छैन ।

यामाहा आर १५

यामाहा आर१५ मा १५५ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले १०००० आरपीएममा १९ एचपकिो पावर र ८५०० आरपीएममा १४ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइक ६ स्पिड ट्रान्समिशनको साथमा उपलब्ध रहेको छ ।

साथै अल एलईडी ल्याम्प, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर, स्लिपर क्लच र डुअल च्यानल एबीएस जस्ता फिचर रहेको छ । सो बाइकको मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ छ ।

यामाहा एमटी १५

सो बाइकमा १५५ सीसी, लिक्विड कुल्ड ४ स्ट्रोक, डीओएचसी, ४ भल्व, सिंगल सिलिन्डर भएको इन्जिन समावेश गरिएको छ । जसले १८ बीएचपीको पावर र ८५०० आरपीएममा १४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्स लेस रहेको छ । सो बाइक स्ट्रिट बाइक एलईडी प्रोजेक्टर हेडल्याम्प, स्कल्पटेड ट्याङ, फुली डिजिटल निगेटिब एलसीडी इन्स्ट्रयुमेन्ट प्यानलको साथ उपलब्ध रहेको छ ।

एमटी १५ को फ्रन्टमा २८२ मिलिमिटरको डिस्क ब्रेक रियरमा २२० मिलिमिटर डिस्क ब्रेक समावेश गरिएको छ । सेफ्टीको लागि सो बाइकमा डुअल च्यानल एबीएस फिचर रहेको छ । सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फर्क समावेश गरिएको छ । यसको माइलेज ४५ किलोमिटर प्रति लिटर रहेको छ । सो बाइकको मूल्य ४ लाख ३४ हजार ९ सय रुपैयाँ छ ।

केटीएम १२५ ड्युक

केटीएम १२५ ड्युक सीरीजमा कम्पनीको लेटेस्ट एन्ट्रि लेवल बाइक हो । साथै कम्पनीको सो बाइक सबैभन्दा बढी बिक्रि हुने बाइक हो । नयाँ केटीएम १२५ ड्युक मा १२५ सीसीको लिक्विड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । जसले १४.५ पीएसको पावर र १२ एनएमको टर्क जेनेरेट गर्छ ।

सो इन्जिन ६ स्प्डि गियर ट्रान्समिशनको साथमा उपलब्ध रहेको छ । नयाँ बाइकमा ड्युक २०० मोडलको हेडल्याम्प, बडी प्यानल, फ्युल ट्रयाक र एलसीडी प्यानल समावेश गरिएको छ । सो बाइकमा १३.५ लिटर क्षमताको फ्युल ट्याङ समावेश गरिएको छ । यसको माइलेज ३४.५ किलोमिटर प्रति लिटर र यसको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...