हुन्डाईको सबै कारमा अव ६ वटा एयरब्याग

हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष गरेको छ । भारतीय बजारमा बिक्री हुने मोडलमा भर्नाले पहिलो पटक सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएपछि कम्पनीले यस्तो घोषणा गरेको हो । ग्लोबल एनक्यापको सो टेष्टमा हुन्डाईले यसपटक भर्ना सहित तीनवटा मोडललाई पठाएमा बाँकी दुई मोडलको भने नतिजा आउन बाँकी नै छ ।

हुन्डाईले भारतमा उत्पादन गर्ने प्राय सवैजसो कारमा ६ वटा एयरब्याग दिएपनि केही मोडलमा भने ४ वटा मात्रै दिएको छ । कम्पनीले हाल ग्रान्ड आई१० निओस, अउरा र भेन्युको टप भेरिएन्टलाई छाडेर वाँकीमा ४ वटा एयरब्यागलाई अनिबार्य गर्दै आएको छ । यी मोडलका टप स्पेकमा भने ६ वटा नै एयर ब्याग पाउन सकिन्छ ।

सेफ्टि टेष्टमा फितलो प्रदर्शनीको आरोप खेप्दै आएको कोरियन ब्रान्डले अघिल्लो वर्षदेखी नै आफ्नो सबै मोडलमा सीट वेल्ट रिमाइन्डर सहितको थ्री प्वाइन्ट सीट वेल्टलाई अनिबार्य गराएको थियो । भारतमा कुल १३ वाट मोडललाई उत्पादन गर्दै आएको कम्पनीले आफ्नो १० वटा मोडलमा इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल(इएससी) र हिल एसिस्ट कन्ट्रोललाई अनिबार्य गराइसकेको छ । यी फिचरलाई अनिबार्य गर्न बाँकी हुन्डाइका मोडलमा एक्स्टर, ग्रान्ड आई–१० निओस र अउरा रहेका छन् ।

सम्बन्धित समाचारहरू

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

काठमाडौं – हुन्डाईको सर्बाधिक सफल एसयूभी क्रेटाको फेसलिफ्ट भर्सन लन्च...

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...