यी हुन् २ करोड २९ लाख मूल्यको बीएमडव्लू आईएक्स–३ मा उपलब्ध प्रमुख फिचर
जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्त सम्म नेपालमा ५ हजार १०७ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् ।
भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार यो अवधिमा ५० किलोवाट सम्मका २ हजार ५६, ५० देखि १०० किलोवाट सम्मका २ हजार ९७०, १०० देखि २०० किलोवाट सम्मका ६८ र २०१ देखि ३०० किलोवाट सम्मका १३ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका हुन् ।
यस अनुसार पुस महिनामा मात्र सबैगरी १ हजार ४२१ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । यो भन्दा पहिले मंसिर महिनामा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए ।
यो अवधिमा धेरै सवारी साधन नेपाली बजारमा भित्र्याउनेमा बीवाईडी र टाटा नै अगाडि रहेका छन् । त्यसैगरी एमजी, सेरेस, किया, हुन्डाई आदि ब्रान्ड यस पछि रहेका छन् ।
विद्युतीय कारको कर बढ्ने हल्ला चलेको कारण माघमा धेरै कार भित्रिएको अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा सरकारले कम क्षमताको मोटर भएका विद्युतीय कारको कर नबढाएसँगै यस्ता सवारी साधनमा आकर्षण बढेको थियो । त्यसैले गर्दा नै १०० किलोवाट सम्मका विद्युतीय कारको आयात पनि बढेको पाइन्छ ।
जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...
आजभोलि नयाँ कार किन्ने सोच बनाउने धेरै ग्राहकहरूले एउटा शब्द बारम्बार...
काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...