६ महिनामा नेपाल भित्रिए ५,१०७ विद्युतीय कार

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्त सम्म नेपालमा ५ हजार १०७ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् ।

भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार यो अवधिमा ५० किलोवाट सम्मका २ हजार ५६, ५० देखि १०० किलोवाट सम्मका २ हजार ९७०, १०० देखि २०० किलोवाट सम्मका ६८ र २०१ देखि ३०० किलोवाट सम्मका १३ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका हुन् ।

यस अनुसार पुस महिनामा मात्र सबैगरी १ हजार ४२१ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । यो भन्दा पहिले मंसिर महिनामा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए ।

यो अवधिमा धेरै सवारी साधन नेपाली बजारमा भित्र्याउनेमा बीवाईडी र टाटा नै अगाडि रहेका छन् । त्यसैगरी एमजी, सेरेस, किया, हुन्डाई आदि ब्रान्ड यस पछि रहेका छन् ।

विद्युतीय कारको कर बढ्ने हल्ला चलेको कारण माघमा धेरै कार भित्रिएको अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा सरकारले कम क्षमताको मोटर भएका विद्युतीय कारको कर नबढाएसँगै यस्ता सवारी साधनमा आकर्षण बढेको थियो । त्यसैले गर्दा नै १०० किलोवाट सम्मका विद्युतीय कारको आयात पनि बढेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी -याली सम्पन्न : विद्युतीय सवारीको प्रवद्र्धनमा उर्जामन्त्रीको जोड

विद्युतीय सवारी -याली सम्पन्न : विद्युतीय सवारीको प्रवद्र्धनमा उर्जामन्त्रीको जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय...

चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने

चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने

चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...