टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट
टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ । बुद्धिबहादुर श्रेष्ठ तथा गणेशबहादुर श्रेष्ठले २०३० साल पुस ५ गते स्थापना गरेको लक्ष्मी मिठाई भण्डार मौलाएर लक्ष्मी समूहमा रूपान्तरित भई ५० वर्ष पुगेको हो ।
सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी ग्रुपले ५०औं स्थापना दिवस मनाएको छ । ५० वर्ष पूरा गरेको लक्ष्मी ग्रुपले हाल कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टील लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ । नेपाली बजारमा लक्ष्मी ग्रुपले हुन्डाई, एसएमएल इसुजु र बीएमडब्ल्यु कार तथा टोटल लुब्रिकेन्टलगायत विभिन्न अटोमोबाइल सम्बद्ध व्यवसाय गर्दै आएको छ ।
लक्ष्मी कमर्सियल भेइकलले एसएमएल इसुजुका लाइट र मेडियम कमर्सियल भेइकल विगत ३४ वर्ष देखि नै बिक्री–वितरण गर्दै आएको छ । सन् २००९ फेब्रुअरी देखि लक्ष्मी इन्टरकन्टिनेन्टलमार्फत हुन्डाईका कार बिक्री गर्दै आइरहेको यो ग्रुपले सन् २०२० देखि बीएमडब्ल्युका सवारी साधन बिक्री–वितरण लक्ष्मी प्रिमियम मोटर्समार्फत गरिरहेको छ ।
यसैगरी लक्ष्मी ग्रुपले लक्ष्मी ल्युब आयलमार्फत टोटल लुब्रिकेन्ट र लक्ष्मी अटोकम्पमार्फत टाटा ग्रिन ब्याट्रीको समेत कारोबार गर्दै आएको छ । त्यसैगरी लक्ष्मी ई–मोबिलिटीमार्फत हिरो इलेक्ट्रिक स्कुटरको समेत बिक्री–वितरण गरिरहेको छ ।
आगामी दिनमा कृषि र होटल क्षेत्रमा लगानी गर्ने योजना रहेको ग्रुपको भनाइ छ ।
लक्ष्मी ग्रुपलाई अहिले दोस्रो पुस्ता अर्थात गणेश बहादुर श्रेष्ठका चार सन्तान सुनिल, अञ्जन, निरञ्जन र निराकारले हाँकिरहेका छन् । उनीहरू सबै ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठको ‘भिजन’ अनुसार अगाडि बढिरहेका हुन्छन्।
उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...
हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ ।...
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...