इजरायल–ईरान तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारीको चर्चा
ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे...
कार किन्नु जति सजिलो छ, त्यसको नियमित मर्मतसम्भार र सुरक्षामा ध्यान दिनु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ। आजको व्यस्त जीवनशैलीमा कार मात्र एक सवारी साधन होइन, दैनिक आवश्यकता पनि बनिसकेको छ। त्यसैले कार चलाउँदा सुरक्षा, सुविधा र आधुनिक सुविधाको अनुभूति गराउने केही प्रविधियुक्त उपकरणहरूले यात्रा अझ प्रभावकारी बनाउन सक्छ । बजारमा उपलब्ध यस्ता केही ग्याजेटहरूको प्रयोगले ड्राइभिङ अनुभवलाई सुरक्षित, सहज र स्मार्ट बनाउँछ।
ड्यास क्याम : यो सबैभन्दा उपयोगी र आवश्यक ग्याजेटमध्ये एक हो, जसले गाडी चलाउँदा अगाडि तथा पछाडिको दृश्य निरन्तर रेकर्ड गर्छ। दुर्घटना वा विवादको अवस्थामा यो भिडियो रिकर्डले कसको गल्ती थियो भन्ने स्पष्ट प्रमाण प्रदान गर्न सक्छ। साथै बीमा दाबी गर्दा पनि यसले प्रक्रिया छिटो र सहज बनाइदिन्छ।
टायर प्रेसर मोनिटरिङ सिस्टम : टायरमा सही हावाको चाप नहुँदा टायर चाँडै बिग्रिन सक्छ वा फुट्ने जोखिम पनि रहन्छ। टायर प्रेसरले प्रत्येक टायरमा कति हावा र कति तापक्रम छ भन्ने रियल टाइममा देखाएर आवश्यकतानुसार तुरुन्तै सावधान बनाउँछ। यसले इन्धन खर्च पनि घटाउन मद्दत गर्छ।
हेड-अप डिस्प्ले : यसले गति, नेभिगेसन र अन्य महत्वपूर्ण जानकारी सिधै विन्डसिल्डमा प्रोजेक्ट गर्छ । यसका कारण चालकलाई जानकारी हेर्न सडकबाट आँखा हटाउन नपर्ने हुँदा ड्राइभिङ अझ सुरक्षित हुन्छ। लामो यात्रा वा रातमा सो प्रविधिले धेरै सहयोग पुर्याउँछ।
कार एयर प्युरिफायर : झ्याल खुला राख्दा वा प्रदूषित क्षेत्रमा ड्राइभिङ गर्दा बाहिरको धुलो, धुवाँ र एलर्जी उत्पन्न गर्ने तत्वहरू कारभित्र छिर्न सक्छ । एयर प्युरिफायरले कारको भित्री वातावरणलाई सफा राखेर स्वस्थ यात्रा सुनिश्चित गर्छ। दम वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि यो विशेष लाभदायक हुन्छ।
पोर्टेबल एयर पम्प : यो सबैभन्दा उपयोगी र आवश्यक ग्याजेटमध्ये एक हो, जसले आकस्मिक अवस्थामा ठूलो सहयोग पुर्याउँछ। यसले कारको टायरमा सजिलै हावा भर्न सहज बनाउँछ । यात्रा बीचमा टायरको हावा घटेमा यसलाई कारको १२भी पोर्ट वा यूएसबीबाट सञ्चालन गरी सजिलै टायरमा भर्न सकिन्छ। यसले पङ्चर मर्मत पसल खोज्दै समय र पैसा दुवै बचत गर्छ।
यी प्रविधियुक्त उपकरणले कारलाई मात्र उच्चस्तरीय बनाउँदैनन्, यात्राको सुरक्षा र सुविधा दुवै बढाउँछ । यसले कारलाई स्मार्ट र भविष्यमुखी बनाउनुका साथै यस्तो ग्याजेटको समावेशले कारलाई नयाँ स्तरमा पुर्याउन सक्छ।
ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे...
विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी...
भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...