एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारको मूल्यमा एकै पटक ४५ हजार रुपैयाँले कमी गरेको छ ।

गत भदौ १ देखि लागू हुने गरी पहिले २५ हजार रुपैयाँ कम मूल्य हुने भनिएकोमा फेरि त्यसलाई परिमार्जन गर्दै ४५ हजार रुपैयाँ मूल्य कमी गरिएको हो ।

बजाज डोमिनार २५० एबीएस बीएस६ को मूल्य पहिले ५ लाख ९४ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ४९ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको छ । बजेट पश्चात बढी सीसीका मोटरसाइकलको करमा कमी गरिएकाले समेत यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।

डोमिनार २५० मा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।

सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ ।

यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । बाइकमा बीएस६ कम्प्लायन्ट २४८.७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६.६ बीएचपी पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

काठमाडौं – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन – ४ को ग्रान्ड फिनाले...

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...