यस्ता छन् नेपालमा उपलब्ध ३ लाख भन्दा कम मूल्यका बजाज मोटरसाइकल
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
इक्रा नेपालले सार्वजनिक गरेको तथ्य अनुसार नेपाली बजारमा बिक्री हुने दुई पांग्रे सवारीमा बजाजको बजार हिस्सा ४० प्रतिशत रहेको छ । यसका आधारमा यो नेपालमा सबैभन्दा धेरै दुई पांग्रे सवारी साधन बिक्री हुने ब्रान्ड बनेको छ ।
नेपाली बजारमा बजाज ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् २०२२ मा गरेको आम्दानी मध्ये ७१ प्रतिशत हिस्सा पल्सर मोटरसाइकलको रहेको छ ।
सन् १९९८ देखि नेपाली बजारमा बजाजका मोटरसाइकल बिक्री गरिरहेको एचएच बजाजले लगातार मार्केट सेयर वृद्धि गरेको छ । सन् २०२२ मा ४० प्रतिशत बजार हिस्सा भएको दावी गर्ने सो कम्पनीको स्कुटर बजारमा भने उपस्थिति छैन ।
यो समयमा बजाजका नेपालभर १५३ सेल्स आउटलेट रहेका छन्, जस मध्ये ३ वटा आफैले संचालन गरेको छ । थ्री ह्विलर सेगमेन्टमा पनि बजाजको ५४ प्रतिशत बजार हिस्सा छ ।
कम्पनीले नेपाली बजारमा बजाज ब्रान्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधन, केटीएम ब्रान्डको मोटरसाइकल, टीभीएस ब्रान्डको टायर र सर्वो लुब्रिकेन्ट लगायत बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १२.९६ प्रतिशतले घटेको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा लामो समय प्रतिबन्ध गरेको थियो । जसले गर्दा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा ६० प्रतिशत व्यापारमा कमी आएको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा २२ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
नेपाली बजारमा बजाजले होन्डा र यामाहा तथा टीभीएस ब्रान्डसँग दुई पांग्रे सवारी साधनमा तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ ।...
बजाज अटोले १२५ सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...