यामाहाको नियो रेट्रो मोटरसाइकल : यस्तो छ शुरुमा १ लाख ७५ हजार बुझाएर लिन सकिने स्किम

द अल न्यु यामाहा एफजेड–एक्स नेपाली बजारमा क्रसओभर मोटरसाइकलको रुपमा भित्रिएको हो । नियो रेट्रो डिजाइन थिंकिङबाट प्रभावित यो मोटरसाइकल पहिलो पटक गत बैशाख मध्यमा भृकुटीमण्डमा सम्पन्न यामाहा महा एक्सचेन्ज मेलामा सार्वजनिक गरिएको थियो । त्यसको करिब एक महिना पश्चात जेठ मध्यमा यो मोटरसाइकल औपचारिक रुपमा लन्च गरिएको थियो । नेपाली बजारमा यसको मूल्य ४ लाख ३५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

फ्युचर प्रुफ फिचरद्वारा सुसज्जित यो मोटरसाइकलले प्रत्येक राइडलाई इन्ह्यान्स गर्छ भने क्लासिक करिज्मा ट्रेडमार्क उपलब्ध गराउछ । यी सबैका कारण न्यु जेनेरेसन राइडरहरुलाई यसले प्रभावित गर्न सक्ने क्षमता राख्छ । यो मोटरसाइकलमा भएका टफनेस, डिजाइन, कम्फर्ट, कनेक्टिभिटी र सेफ्टी सबैले एकमुष्ट रुपमा राइडरलाई फ्रिडमको प्रत्याभूति प्रदान गर्छ ।

इन्जिन
यो मोटरसाइकलमा १४९ सीसी सिंगल सिलिन्डर टु भल्व एफआई इन्जिन छ, जसले १२४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । अघिल्लो पांग्रामा एबीएस सहितको डिस्क ब्रेक र पछिल्लो पांग्रामा समेत डिस्क ब्रेक रहेको यो मोटरसाइकलको दुवै पांग्रामा डिस्क ब्रेक रहेको छ । फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ७–स्टेप एड्जस्टेबल मोनोक्रस सस्पेन्सन रहेको यो मोटरसाइकलमा सिट हाइट ८१० एमएम छ भने ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ ।

फ्युल गेज, स्पिडोमिटर आदि सबै डिजिटल रहेको यो मोटरसाइकल हेडलाइट, ब्रेकलाइट, टर्न सिग्नल आदि सबै एलईडी छन् भने १० लिटरको इन्धन ट्यांकी रहेको छ ।

फिचर
यो मोटरसाइकलमा एलसीडी मिटर, अन्डर काउल, वाई कनेक्ट एप, डीआरएल सहितको बाई–फङसनल एलईडी हेडलाइट, एबीएस, ब्ल्याक प्याटर्न टायर, फ्रन्ट फोर्क बुट सहितको टेलिस्कोपिक सस्पेन्सन आदि यसमा भएका महत्वपूर्ण विशेषता हुन् । वाई कनेक्ट एपको सहयोगले ब्लुटुथमार्फत मोबाइलमा कनेक्सन गरेर बाइकमा भएका विभिन्न विशेषता थाहा पाउन सकिन्छ । यसबाट इन्धन कति छ, पार्किङ कहाँ गरिएको छ, मर्मत गर्नु पर्ने आवश्यकता कति छ, कुनै खराबी छ कि आदि वारेमा जानकारी लिन सकिन्छ ।

४० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हाल यामाहाको यो मोटरसाइकल ४० प्रतिशत डाउन पेमेन्टमै उपलब्ध हुने व्यवस्था गरेको छ । यस अनुसार यसको मूल्यको ४० प्रतिशत अर्थात करिब १ लाख ७५ हजार रुपैयाँ शुरुमा बुझाएर मोटरसाइकल आफ्नो बनाउन सकिन्छ । शुरुमा यसका साथमा सर्भिस चार्ज र अन्य केही कर पनि तिर्नु पर्छ ।

बाँकी रकमलाई आफ्नो आवश्यकता अनुसार १८ महिना, २४ महिना वा ३० महिना सम्म किस्ताबन्दीमा तिर्ने गरी फाइनान्स गर्न सकिन्छ । यसरी तिर्दा मासिक रुपमा क्रमशः १५ हजार २२९, ११ हजार ८२८ र ९ हजार ८८८ रुपैयाँ तिर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

यामाहा मोटर इन्डियाले हालै नयाँ जेनेरेसनको वाईजेडएफ–आर१५ भी४.० बाइक लन्च...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...