टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

काठमाडौं – काठमाडौंको टेकुमा थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनको क्रममा रहेको छ । औपचारिक कार्यक्रममार्फत उक्त शोरुम केही दिनमै सञ्चालनमा आउने बताइएको छ ।

नेपालका लागि आधिकारिक वितरकको रुपमा नेपाल नेसनल ट्रेड इंकले यी स्कुटर उपलब्ध गराउने बताएको छ । काठमाडौं उपत्काको रविभवन र कोटेश्वर क्षेत्रमा समेत शोरुम केही दिनमै सञ्चालनमा आउने र उपत्यका वाहिरका मुख्य सहरमा पनि शोरुम सञ्चालन गरिने बताइएको छ ।

थ्रीएन ब्रान्डका एमक्यु, जेडएल–७, एच८–२, एच८–३, एन७–क्यु र सी९ स्कुटर र एम५ र फेइइङ मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछन् ।

जेल र लिथियम आयोन ब्याट्री अप्सनमा उपलब्ध हुने यी सवारी साधनमा ई–एबीएस सिस्टम रहेको छ । यसमा टेक्नोलोजिकल एस्थेटिक्स, युथफुल एपियरेन्स र स्टाइलिङ राइडको सुविधा छ ।

सिटमा इलेक्ट्रोनिक स्याडल लक, फ्रन्ट तथा रियर सक एब्जर्बर, स्मार्ट हेडलक, इन्टेलिजेन्ट सेक्युरिटी तथा अलार्म, रिभर्स फङसन, रिमोट तथा मेकानिकल कि लगायतका सुविधा रहेका छन् ।

यी स्कुटर तथा मोटरसाइकलको मूल्य ५५ हजार देखि ३ लाख रुपैयाँ सम्म तोकिएको छ । नेपाली बजारमा उपलब्ध अन्य इलेक्ट्रिक स्कुटर भन्दा फरक पहिचान भएको र विभिन्न सुविधायुक्त भएकाले नेपाली बजारमा यसले धेरैको ध्यान तान्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको...

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

काठमाडौं – डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव...

भारतले ईभी आयातको शुल्क ९५ प्रतिशत घटायो, यी मापदण्ड लागु हुने

भारतले ईभी आयातको शुल्क ९५ प्रतिशत घटायो, यी मापदण्ड लागु हुने

भारत सरकारले आफ्नो नयाँ ईभी नीति अन्तर्गत विद्युतीय कारहरुमा आयात शुल्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...