डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

काठमाडौं – डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ ।

ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, कम्पनीले यो गाडीमा ८० हजार नगद छुट दिएको छ । ग्राहकले अव नामी ईभी ३३ लाख ९९ हजारमै खरिद गर्न पाउनेछन, जुन पहिले ३४ लाख ७९ हजार रुपैयाँ थियो ।

‘व्हाई वेट फर द फेस्टिभल’ भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ ।

नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, नामीले आफ्नो सेग्मेन्ट फस्र्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ ।

बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ–स्टार लक्जरी ईभी बनाएको छ ।

चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको हो ।

डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको कम्पनीको भनाई छ ।

यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

एक वर्षमा १ लाख ५२ हजार बढी नेटा भी बिक्री, अब थप राष्ट्रमा प्रवेश गर्ने

एक वर्षमा १ लाख ५२ हजार बढी नेटा भी बिक्री, अब थप राष्ट्रमा प्रवेश गर्ने

सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएको...

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...