भारतले ईभी आयातको शुल्क ९५ प्रतिशत घटायो, यी मापदण्ड लागु हुने

भारत सरकारले आफ्नो नयाँ ईभी नीति अन्तर्गत विद्युतीय कारहरुमा आयात शुल्क घटाएको छ । इलेक्ट्रिक यात्रु कारहरूको प्रवद्र्धन उत्पादन योजना (एसपिएमईपिसिआई) अन्तर्गत आयात शुल्कमा ९५ प्रतिशतले कटौती गरिएको हो ।

विश्वव्यापी ब्रान्डहरूलाई भारतमा आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईभी आयातमा यसअघि लाग्दै आएको ११० प्रतिशत शुल्कबाट घटाएर १५ प्रतिशत गरिएको हो । यद्यपि, यी लाभहरूको लागि योग्य हुन ईभीहरुले निश्चित मापदण्ड भने पुरा गर्नुपर्ने छ ।

निर्माताहरूले दोस्रो वर्षसम्ममा कम्तिमा भारु २ हजार ५०० करोड, चौथो वर्षसम्ममा ५ हजार करोड र पाँचौं वर्षसम्ममा ७ हजार ५०० करोडको वार्षिक कारोबार हासिल गर्नुपर्ने छ ।

लोकल भ्यालु एडिसनको लक्ष्यसहित लागु गरिएको यस योजना अन्गर्तत उत्पादकहरूले तेस्रो वर्षको अन्त्यसम्ममा भारतमै उत्पादन प्लान्ट खोल्नुपर्ने छ भने अनिबार्य रुपमा २५ प्रतिशत लोकल भ्यालु एडिसन हुनुपर्ने छ । यसैगरी, पाँचौं वर्षको अन्त्यसम्ममा यस्तो भ्यालु एडिसन ५० प्रतिशत हाँसिल गर्नुपर्ने छ ।

३५ हजार डलरभन्दा माथि मूल्यका ईभीको आयातमा मात्रै १५ प्रतिशत शुल्क लागु हुने र प्रत्येक निर्माताले प्रति वर्ष ८ हजार युनिटसम्म आयात गर्न पाउनेछन् । यसरी आयात गर्दा ६ हजार ४८४ करोड भारु अर्थात वास्तविक लगानी रकममध्ये जुन कम हुन्छ त्यसैलाई मान्यता दिइने मापदण्डमा उल्लेख गरिएको छ ।

लगानीमा अनुसन्धान तथा विकास, मेसिनरी र उत्पादन उपकरणहरू समावेश हुन हुन सक्नेछन् भने कुुल लगानीको ५ प्रतिशतसम्म चार्जिङ पूर्वाधारमा र १० प्रतिशतसम्म जग्गा र कारखाना भवनहरूमा खर्च गर्न पाइनेछ ।

अटोमोटिभ उत्पादनबाट वार्षिक राजस्वमा कम्तिमा १० हजार करोड भारु आर्जन गर्ने र विश्वव्यापी रूपमा कम्तिमा ३ हजार करोड रुपैयाँको स्थिर सम्पत्ति भएका उत्पादकहरूले मात्रै यस योजना अन्तर्गत लाभ लिन सक्ने उल्लेख छ ।

सम्बन्धित समाचारहरू

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै...

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक...

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा टीभीएस र प्रोटोन लगायतका सवारी साधन बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...