५ महिनामा जम्मा ३७ विद्युतीय गाडी भित्रिए नेपालमा

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर महिना सम्ममा नेपालमा जम्मा ३७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा ३१५ वटा विद्युतीय सवारी साधन आयात भएका थिए । गत आवमा कुल ४८१ वटा विद्युतीय सवारी साधन आयात भएका थिए ।

सरकारले चालु आवको बजेटमार्फत् विद्युतीय सवारी साधनमा लाग्दै आएको भन्सार शुल्क ह्वात्तै बढाएपछि विद्युतीय सवारी साधनको आयातमा उल्लेख्य मात्रामा कमी आएको हो ।

कात्तिक महिनासम्म ९ वटा मात्रै विद्युतीय सवारी साधन आयात भएकोमा मंसिरसम्म आइपुग्दा यो संख्या बढेर ३७ पुगेको हो ।

बजेटमार्फत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख्य मात्रामा भन्सार र अन्तःशुल्क बढाएपछि व्यवसायीहरु रुष्ट बनेका थिए । जसले गर्दा विद्युतीय सवारी साधनको आयातमा कमी आएको थियो ।

विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाइएको थियो ।

विष्णु पौडेल अर्थमन्त्री भए पश्चात ३० प्रतिशत अन्तःशुल्क लाग्ने ५० किलोवाटसम्म मोटर प्रयोग भएका गाडीमा ८० प्रतिशत छुट दिइएको छ भने ५१ देखि १०० किलोवाटसम्म मोटर प्रयोग भएको गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत अन्तःशुल्कमा छुट दिने निर्णय भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...