अटोमेटिक कार चलाउँदा हुने सामान्य गल्ती, जसले बढाउन सक्छ मर्मत खर्च र जोखिम
अटोमेटिक गाडीमा क्लच प्याडल नहुने र पटक–पटक गियर परिवर्तन गर्न नपर्ने...
सवारी साधनमा ३६० डिग्री क्यामेरा फिचर हुनु सामान्य भइसकेको छ । केही वर्षअघिसम्म सो फिचर प्रिमियम कारमा मात्र उपलब्ध थियो । तर अब यो बिस्तारै अन्य कारमा समेत सामान्य बन्दै गएको छ ।
कतिपयलाई यो सेफ्टी फिचर ग्राहकहरूलाई आकर्षित गर्नका लागि मात्र उपलब्ध गराइएको र यसले अनावश्यक रूपमा कारको मूल्य बढाएको जस्तो लाग्न सक्छ । तर यो गलत सोच हो । ३६० डिग्री क्यामेराको काम कारलाई सुरक्षित बनाउनु हो । सो फिचरले चालकलाई कार वरपरको दृश्य हेर्न मद्दत गर्छ ।
३६० डिग्री क्यामेरा कारका विभिन्न भागमा जडान गरिएको हुन्छ । यसलाई क्यामेरा र सफ्टवेयर मार्फत जोडिएको हुन्छ, जसलाई सिंगल स्क्रिनमा कारको इन्टेरियरमा देख्न सकिन्छ । यसले कार वरपरको गतिविधिहरू देखाउछ ।
३६० डिग्री क्यामेरा जडान गर्नका लागि कम्तिमा ४ वटा क्यामेराको आवश्यकता पर्छ । यसमा एउटा क्यामेरा अगाडि र एउटा क्यामेरा पछाडिको बम्परमा र दुईवटा क्यामेरा साइड मिररमा जडान गरिएको हुन्छ । तर, कतिपय महँगो कारमा ६ वटा क्यामेरा हुन्छ । यी सबै क्यामेराको भिजुअल एउटै स्क्रिनबाट देखिन्छ ।
३६० डिग्री क्यामेरा कारमा सेफ्टी फिचरको रुपमा उपलब्ध हुन्छ । यसले पार्किङलाई सुरक्षित र सजिलो बनाउँछ । चालकलाई आफ्नो कार वरपरका सवारी साधन, पैदल यात्री र अन्य वस्तुहरू हेर्न मद्दत गर्छ । सो फिचरले पार्किङ स्थलमा राम्रोसँग हेर्न र सुरक्षित रूपमा पार्क गर्न मद्दत गर्छ । साथै सो फिचरले चालकलाई अँध्यारो ठाउँमा हेर्न पनि मद्दत गर्छ ।
वास्तवमा यो फिचरले चालकलाई बढी दृश्यता प्रदान गर्छ, जसले चालकलाई कार वरपरको बारेमा थप सचेत हुन मद्दत गर्छ । यसले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्छ । समग्रमा, कारमा ३६० डिग्री क्यामेरा धेरै लाभदायक फिचर हो ।
अटोमेटिक गाडीमा क्लच प्याडल नहुने र पटक–पटक गियर परिवर्तन गर्न नपर्ने...
काठमाडौं – अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका...
जिल्ला प्रहरी कार्यालय कास्कीले बस चोरी गरेको आरोपमा एक बालकलाई पक्राउ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...