३० प्रतिशत बढ्यो दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग

दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू छाडेर किफायती सवारी साधनतर्फ आकर्षित भएका छन् ।

देशको राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसनले चिनियाँ कारहरूले अब पहुँचयोग्य मूल्यमा उच्च गुणस्तरको सवारी साधन उपलब्ध गराएपछि अफ्रिकामा किफायती सवारीप्रति आकर्षण बढेको हो ।

नाडाका अनुसार सन् २०१४ मा बीएमडब्लु, मर्सिटिज बेन्जा जस्ता लक्जरी ब्रान्डहरूले दक्षिण अफ्रिकामा सामूहिक रूपमा लगभग ७४,००० सवारी साधनहरू बेचेका थिए। २०२४ को अन्त्यसम्ममा, यो संख्या लगभग २३,००० मा झरेको थियो, जुन बिक्रीमा ६८ प्रतिशत गिरावट हो।

अफ्रिकी बजारमा वर्षौंदेखि मूल्य संवेदनशीलता परिवर्तनको कारणले किफायती चुनौती बनेको छ। अफ्रिकाले नयाँ सवारी साधनहरूको आयात सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको छ।

चिनियाँ सवारी साधनहरूको प्रवद्र्धनमा धेरै सहयोगी नीतिहरू अपनाएको छ । अफ्रिकी देशमा चिनियाँ अटोमोबाइलको बजार हिस्सा २०२३ देखि २०२४ सम्म लगभग ३० प्रतिशतले बढेको छ।

चिनियाँ कारहरू, जर्मन, जापानी वा कोरियालीहरू भन्दा बढीे किफायती मानिएको छ । जसका कारण अफ्रिकामा चिनियाँ ब्रान्डहरूको माग बढेको छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेशन निर्माणमा अग्रणी बन्दै सीजी मोटर्स, थप १०० स्थानमा बनाउने लक्ष्य

चार्जिङ स्टेशन निर्माणमा अग्रणी बन्दै सीजी मोटर्स, थप १०० स्थानमा बनाउने लक्ष्य

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारी (ईभी) को...

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...