नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्धि गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीद्वारा साधारण सभामार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

भर्चुअल तथा स्वयं उपस्थितिमा सभा संचालन भएको थियो । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । स्वयं उपस्थितिबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्री अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्युब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागि हामीले गत वर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रिकेन्ट सहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौ, जस अन्र्तगत ब्याट्रीको विक्री वितरण सुरु भैसकेको छ । कम्पनीले आफ्ना उत्पादित र बिक्री–वितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संशाधन विकासको लागि आफ्नो प्रतिबद्धतालाई सदैव मुख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री-वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो र यसको ब्रान्डिङ साझेदारीमा म्यानचेष्टर युनाइटेड फुटबल क्लब, म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ ।

त्यस्तै गल्फ लुब्रिकेन्ट नेपालको समेत मुख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्रान्डको रुपमा चिनिन्छ । गल्फ ब्रान्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

काठमाडौं – नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा...

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ

मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ

मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...