थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै हुन्डाई नेपाल, भित्रिदै क्रेटा ईभी
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
काठमाडौं - गत आर्थिक वर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय सानाठुला सवारी एकान्तकुना, ललितपुरमा साढे २७ हजार युनिट ईभी दर्ता भएका छन् । कार्यालयका अनुसार गत आवको १२ महिनाको अवधिमा २७ हजार ६०८ युनिट सवारी साधन दर्ता भएको छ ।
एक वर्षको अवधिमा कार्यालयमा सबैभन्दा बढी इलेक्ट्रिक कार (ईभी) दर्ता भएको छ । साउनदेखि असार मसान्तसम्म १५ हजार ६५७ युनिट ईभी दर्ता भएका छन् ।
सबैभन्दा धेरै ईभी जेठमा दर्ता हुँदा सबैभन्दा कम असारमा दर्ता भएको छ । कार्यालयको तथ्यांक अनुसार जेठमा ५ हजार १०५ युनिट र असारमा जम्मा ३१ युनिट ईभी दर्ता भएको छ ।
दर्ता संख्याको आधारमा दोस्रो स्थानमा कार/जिप/भ्यान छ । गत आवमा यस्ता सवारी ७ हजार ६८४ युनिट दर्ता भएका छन् ।
दर्ता संख्याको आधारमा बस तेस्रो स्थानमा छ । गत आवको साउनदेखि असारको अवधिमा एक हजार १९ युनिट बस दर्ता भएको छ ।
यस्तै मिनीबस/मिनीट्रक एक हजार ५०७ युनिट, क्रेन/डोजर/एस्काभेटर/लोडर ७१४ युनिट, ट्रक/टिपर/ट्यांकर/कन्टेनर ९३३ युनिट, माइक्रो ९२ युनिट र कुटनीतिक ९२ युनिट र एम्बुलेन्स/शववाहन २ युनिट दर्ता भएको कार्यालयको तथ्यांकमा देखिन्छ ।
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको...
ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...