रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले आफ्नो नाममा नयाँ रेकर्ड बनाएको छ । यो कारले कुल २३ वटा कीर्तिमान बनाएको छ ।

सो कारले १.८१ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्ने पहिलो कीर्तिमान बनाएको हो । साथै सो कारले ४.४२ सेकेण्डमा ० देखि २०० किमी, ९.२२ सेकेण्डमा ० देखि ३ सय किमी र २१.३१ सेकेण्डमा ० देखि ४ सय किमीको गति हासिल गरेको छ ।

रिम्याकको नेभरा इलेक्ट्रिक कारले भन्दा पहिले यो रेकर्ड आईसी इन्जिन भएको कोनिगसेग रेगेराको नाममा थियो । जसले ३१.४ सेकेन्डमा यो कीर्तिमान बनाएको हो ।

कम्पनीको वेबसाइटका अनुसार यसमा ४ वटा विद्युतीय मोटर प्रयोग गरिएको छ । जसले २ हजार बीएचपीभन्दा बढी पावर जेनेरेट गर्छ ।

कम्पनीले हाइपर इलेक्ट्रिक कारमा १२० किलोवाटको ब्याट्री जडान गरिएको छ । ब्याट्री बेलनाकार ढाँचामा कुल ६९६० सेल प्रयोग गरिएको छ । यसको अधिकतम भोल्टेज ७३० भोल्ट छ र यसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न १९ देखि ३० मिनेटको समय लाग्छ । फुल चार्ज पछि यसको डब्ल्युएलटीपी रेन्ज ४९० किमी सम्म छ ।

नेभेरा इलेक्ट्रिक हाइपर कारमा फ्रन्ट एयरब्याग र साइड एयरब्याग छ । यसको साथै यसमा ट्रयाक्सन कन्ट्रोल, स्टेबिलिटी कन्ट्रोल, ईएसपी, एबीएस र एडीएएस पनि दिइएको छ । यसको एडीएएसमा १३ क्यामेरा, ६ रडार र १२ अल्ट्रासोनिक सेन्सर छ ।

सम्बन्धित समाचारहरू

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...