२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि भएको मान्न सकिन्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री ठप्प जस्तै भए पनि ईभी बिक्रीले केही उत्साह थपेको छ । पेट्रोलियम पदार्थबाट चल्ने गाडी बिक्री गर्ने दर्जनौ डिलरहरु बन्दको अवस्थामा पुगे भने मोटरसाइकल बिक्रीमा आएको केही सकारात्मक कार्यले धेरै व्यवसायी उत्साहित भए ।

इतिहासमै पहिलो पटक धेरै नयाँ ब्रान्ड नेपाली बजारमा प्रवेश गरे । चीनबाट आयात हुने विद्युतीय सवारी साधनकै कारण अटोमोबाइल बजारमा नयाँ नयाँ इभेन्ट भए । नयाँ कार मोडलको बढ्दो आयातले ईभी किन्नेहरुले धेरै छनोटको सुविधा पाए ।

इन्जिनबाट चल्ने गाडीको आयात घट्दो क्रममै देखियो । चाडपर्वको समयमा भने केही मात्रामा पेट्रोल कारको बिक्री बढ्यो । त्यसबाहेक ईभीसँगको प्रतिस्पर्धामा पेट्रोल र डिजेलबाट चल्ने कारले प्रतिस्पर्धा नै गर्न सकेनन् ।

तर पनि केही सकारात्मक कार्य भने भएका छन् । यो वर्ष नेपाली बजारमा भित्रिएका नयाँ ब्रान्ड मध्ये ट्रायम्फले उत्साहजनक प्रतिफल हासिल गरेको छ । एकै पटक २०० मोटरसाइकल डेलिभरी गरेर चर्चा कमाएको ट्रायम्फले करिव तीन महिनाकै अवधिमा ५०० युनिट मोटरसाइकल डेलिभरी गरेको बताएको छ ।

त्यसैगरी स्कुटर सेगमेन्टमा होन्डा लगायतका केही कम्पनीहरुले राम्रो नतिजा हासिल गरेका छन् । होन्डाका स्कुटर सबैभन्दा बढी बिक्री भएको तथ्य सार्वजनिक भइरहदा टीभीएस र यामाहा लगायतका कम्पनीका स्कुटरले पनि केही सकारात्मक बिक्री हासिल गरेका छन् ।

यद्यपि इलेक्ट्रिक टु ह्विलर सेगमेन्ट भने अपेक्षित बिक्री भएको पाइएको छैन । ग्राहकहरुमा यस्ता सवारी साधनप्रति अझै कन्फिडेन्स उपलब्ध नभएको मानिएको छ ।

इलेक्ट्रिक फोर ह्विलर अर्थात ईभी सेगमेन्टले नै यो वर्ष अटोमोबाइल बजारलाई चलायमान गराउन भूमिका खेलेको देखिएको छ । विश्वमै सर्बाधिक चर्चामा रहेको बीवाईडी देखि हुन्डाई, टाटा, ओमोडा, दिपल, सेरेस, नामी लगायतका ईभी ब्रान्डका विभिन्न मोडल यो वर्ष चर्चामा रहे ।

जेएमईभीको ट्याक्सी भर्सन र सिनोगोल्डको ईभी नेपाल भित्रिएका छन् । यो वर्ष नयाँ खेलाडीको रुपमा हुन्डाई क्रेटा ईभीका साथै टाटाका कर्भ र नेक्सन ईभी फेसलिफ्ट समेत भित्रिएका छन् । यी वाहेक अन्य दर्जनौ मोडल भित्रिएका छन् । दिपल, सेरेस, नामी लगायतका नयाँ मोडलले बजार तताए ।

ईभीमा पनि साना भ्यान अर्थात ईभी माइक्रोबसको बजार बुम भएको मान्न सकिन्छ । देशका विभिन्न स्थानमा आवतजावत गर्नका लागि ११ सिटर देखि माथिका ईभी भ्यानको प्रयोग ह्वात्तै बढेको छ । यसका लागि देशभर विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माणले समेत तीव्रता पाएको छ ।

रोचक तथ्य के छ भने यो वर्ष नेपाली बजारमा करोड भन्दा बढी मूल्य पर्ने ईभी पनि प्रशस्तै भित्रिएका छन् । गत वर्ष नेपाल आएका दुई दर्जन ईभी मोडल ८ वटा करोडमाथिका ईभी छन् । जसमा सबैभन्दा महंगो मुल्यको ईभी बीएमडब्लु एक्स७ एक्स ड्राइभ ४० हो । यो कार नेपाल आएको १ हप्ता नबित्दै बिक्री भएको थियो । लक्ष्मी प्रिमियमले ल्याएको सो प्रिमियम एसयूभीको मूल्य ७ करोड हाराहारी पर्ने बताइएको छ ।

करोडमाथिको ईभी आयात गर्ने कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक पनि हो । कम्पनीले वर्ष २०२४ को सुरुवातमै लक्जरियस सेडान सिल भित्र्याएको थियो । तीन भेरिएन्टमा आएको सिल डाइनामिकको मुल्य १ करोड ५ लाख, प्रिमियमको १ करोड ३९ लाख र पर्फमेन्सको १ करोड ८५ लाख रुपैयाँ पर्छ । बीवाईडी सिलमा ६१.४४ किलोवाट आवरको ब्याट्री प्याक तथा ३९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

त्यसैगरी १ करोड ८० लाख मूल्यको किया ईभी९, १ करोड ६ लाखको एमजी साइबरस्टर, १ करोड ६० लाखको अवतार ११, १ करोड ५५ लाखको जिकर एक्स, १ करोड ३५ लाखको टेस्ला मोडल ३ फेसलिफ्ट र १ करोड ९ लाख रुपैयाँ मूल्यको स्काइवेल ईटी ५ लगायत ईभीले मूल्यकै कारण चर्चा पाए ।

वर्षको अन्त्यमा सरकारले ल्याएको डाउन पेमेन्ट सम्बन्धी नयाँ नीतिका कारण केही अन्यौलता थपिएको छ । पहिले ईभीका लागि २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे हुने व्यवस्था भएकोमा यसलाई ४० प्रतिशत पु¥याइएको छ । यो व्यवस्था आईसीई गाडीमा पनि छ ।

२०८२ को अपेक्षा
नेपाली नयाँ वर्ष २०२५ प्रारम्भ हुने क्रममा छ । यो अवस्थामा विश्वभरको प्रभाव नेपाली अटोमोबाइल बजारमा कस्तो पर्ला र नेपाली बजार कस्तो होला भन्ने जिज्ञासा हुनु स्वाभाविक हो ।

यो वर्ष चीनबाट आयात हुने ब्रान्डको संख्या अब बिस्तारै कम हुँदै जाने देखिन्छ । नयाँ आउने ब्रान्ड कमसँगै पुराना गाडी बिक्री गर्न नसक्ने ब्रान्डहरु बन्द हुने सम्भावना समेत छ ।

अहिले विशेषतः बीवाईडी लगायत चिनियाँ सवारी साधनको बिक्री राम्रो रहेको भए पनि अब भने भारतीय उत्पादनको बिक्री बढ्ने अनुमान पनि गर्न सकिन्छ । हुन्डाई र टाटाका साथै सुजुकी र महिन्द्राका ईभीले समेत यो वर्ष चर्चा पाउने अनुमान गर्न सकिन्छ । यसले गर्दा यो क्षेत्रमा प्रतिस्पर्धा पनि बढ्ने छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री भने यो वर्ष पनि उल्लेख्य मात्रामा बढ्ने अपेक्षा गर्न सकिदैन । सरकारी नीति र अन्य विभिन्न प्रावधानका कारण यसमा असर पुग्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा सम्भवतः सबैभन्दा बढी मूल्यको स्कुटर भित्रिएको छ...

भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ काे बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी

भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ काे बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी

भियतनामको विद्युतीय सवारी निर्माता ‘भिनफास्ट’ले सेयर बजारको कुल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...