नयाँ डिजाइन, हाइब्रिड प्रविधि र आधुनिक फिचरसहित न्यु जेनेरेसन टोयोटा हाइलक्स लन्च हुँदै
टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको नयाँ पुस्ता भारतीय बजारमा...
टोयोटाले भारतीय बजारमा नवौं पुस्ताको पिकअप एसयूभी टोयोटा हाइलक्स लन्च गरेको छ।
नयाँ हाइलक्सको डिजाइनमा अघिल्लो हेक्सागोनल ग्रिललाई हटाएर अब बडी कलर हनीकम्ब शैलीको नयाँ ग्रिल जडान गरिएको छ । साथै स्लिम एलईडी लाइट, एलईडी प्रोजेक्टर हेडलाइट, सी आकारका एलईडी टेललाइट, मस्कुलर बम्पर, स्किड प्लेट, कालो ह्विल आर्च क्ल्याडिङ र नयाँ १७ इन्चका म्याट ब्ल्याक अलोय ह्विल समावेश गरेको छ । फ्रन्ट ग्रिल र रियर टेलगेटमा परम्परागत टोयोटा लोगोको स्थानमा ठुला अक्षरमा टोयोटा लेखिएको डिजाइन प्रयोग गरिएको छ। यसको रियरमा नयाँ इन्टिग्रेटेड बेड स्टेप र फुटबोर्ड पनि थपिएको छ।
यसको क्याबिन पहिला भन्दा प्रिमियम बनाइएको छ । क्याबिनमा सफ्ट टच फिनिस भएको सिट, प्रिमियम ड्यासबोर्ड, आकर्षक कन्ट्रास्ट स्टिचिङ, १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, टोयोटा आई कनेक्ट र ८ स्पिकर अडियो सिस्टम उपलब्ध छ ।
सेफ्टीका लागि गाडीमा ७ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल, एबीएसको साथमा ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर, टायर प्रेशर मनिटरिङ सिस्टम, प्यानोरामिक भ्यु मनिटर, ३६० डिग्री क्यामेरा जस्ता सेफ्टी फिचर समावेश गरिएको छ।
नयाँ टोयोटा हाइलक्स भारतीय बजारमा ३ भेरिएन्टमा उपलब्ध गराइएको छ। यसमा २.८ लिटर क्षमताको बीएस६ फेज–२ डिजेल इन्जिन जडान गरिएको छ, जसले २०४ पीएसको पावर र ५०० एनएमको टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ । यसमा ८० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...