कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स
टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...
टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक कार टियागो फेसलिफ्ट आगामी मे २८ मा भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको छ । साथै टियागो ईभी फेसलिफ्ट पनि सोही दिन लन्च गरिनेछ।
नयाँ टियागोको बाहिरी डिजाइनमा केही परिवर्तन गरिएको छ । कारको फ्रन्टमा पातलो ग्रिल, नयाँ एलईडी हेडल्याम्प, शार्प डे-टाइम रनिङ लाइट, नयाँ बम्पर र फगल्याम्प समावेश गरिएको छ, जसले यसलाई अझ आधुनिक र प्रिमियम लुक दिएको छ। साथै रियर भागमा नयाँ टेलगेट डिजाइन, अपडेट गरिएको एलईडी टेलल्याम्प र कनेक्टेड रियर लाइट बार समावेश गरेको छ ।
कारको इन्टेरियरमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले र हालको मोडलमा रहेको बेसिक एमआईडीको स्थानमा ७ इन्चको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । साथै क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइटिङ, सुधारिएको अडियो सिस्टम, नयाँ सिट अपहोल्स्ट्री, फ्रन्ट सेन्टर आर्मरेस्ट र रियर हेडरेस्ट जस्ता फिचर समावेश छ ।

यद्यपि यसको इन्जिनमा भने ठुलो परिवर्तन गरिएको छैन । नयाँ टियागोमा हालकै १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध हुनेछ, जसले ८६ पीएस पावर र ११३ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड म्यानुअल तथा एएमटी गियरबक्स विकल्पसहित आउनेछ। साथै ७५.५ पीएस पावर र ९६.५ एनएम टर्क उत्पादन गर्ने फ्याक्ट्री-फिटेड सीएनजी भेरिएन्ट पनि निरन्तर उपलब्ध रहनेछ।
टियागो ईभी फेसलिफ्टमा हालको १९ किलोवाट आवर ब्याट्री हटाएर बेस भेरिएन्टमै २४ किलोवाट आवर ब्याट्री प्याक र टप भेरिएन्टमा ३० किलोवाट आवरको ठुलो ब्याट्री प्याक दिइने अपेक्षा गरिएको छ, जसले ३६० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्न सक्छ। साथै नयाँ ६ इन १ आईड्राइभ मोटर पनि अपडेट गरिएको टियागो ईभीमा समावेश हुन सक्ने बताइएको छ।
टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...