२०२६ टाटा पन्च फेसलिफ्ट सार्वजनिक, जनवरी १३ मा मूल्य घोषणा हुने

टाटा मोटर्सले २०२६ टाटा पन्च फेसलिफ्ट सार्वजनिक गरेको छ। जनवरी १३ मा मूल्य घोषणा हुने यो नयाँ मोडल सन् २०२१ मा आएको पन्चपछि अहिलेसम्मकै सबैभन्दा ठुलो अपडेट मानिएको छ। नयाँ टाटा पन्चमा इलेक्ट्रिक संस्करणबाट प्रेरित डिजाइन, नयाँ इन्टेरियर, फिचर र नयाँ टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ।

नयाँ टाटा पन्चको अगाडिको भाग टाटा पन्च ईभीसँग मिल्दोजुल्दो बनाइएको छ। फ्रन्टमा ठाडो ट्रापेजोइडल हेडल्याम्प पोड दिइएको छ ।  साथै डीआरएलको डिजाइन पनि परिमार्जन गरिएको छ र नयाँ अलोय ह्विल दिइएको छ। पछाडिको भागमा भने नयाँ एलईडी डिजाइन र परिमार्जित बम्परसहित कनेक्टेड टेललाइट सेटअप थपिएको छ ।

नयाँ पन्चको क्याबिन नेक्सन र अल्ट्रोज जस्ता ठुला टाटा मोडलसँग मिल्दोजुल्दो बनाइएको छ। यहाँ पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अपडेट गरिएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जुन सम्भवतः १०.२५ इन्चको हुनेछ। यसमा टु-स्पोक स्टेयरिङ ह्विल, टच-बेस्ड क्लाइमेट कन्ट्रोल प्यानल, नयाँ ट्रिम र अपहोल्स्ट्रीले क्याबिनलाई अझ आधुनिक बनाएको छ । फिचरको हिसाबले ३६० डिग्री क्यामेरा जस्ता फिचर पनि थपिने अनुमान गरिएको छ।

यसमा नेक्सनमा प्रयोग हुने १.२ लिटर, ३-सिलिन्डर टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ। यसको पावर र गियरबक्स विवरण भने अझै खुलाइएको छैन। तर हाल प्रयोग हुँदै आएको ८८ हर्सपावरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल र एएमटी गियरबक्ससहित निरन्तर रहनेछ। साथै, ७३ हर्सपावरको पेट्रोल–सीएनजी भेरिएन्ट पनि ५ स्पिड म्यानुअल गियरबक्ससँग उपलब्ध रहने अपेक्षा गरिएको छ।

नयाँ टाटा पन्च लन्चपछि हुन्डाई एक्स्टर र सिट्रोन सी३ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ। नयाँ पन्चको फेसलिफ्टको मूल्य केही महँगो हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

काठमाडौंमा गरियो १०० बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौंमा गरियो १०० बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्न टाटाले नयाँ एसयूभी ल्याउँदै, इलेक्ट्रिकमा पनि आउने

महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्न टाटाले नयाँ एसयूभी ल्याउँदै, इलेक्ट्रिकमा पनि आउने

टाटा मोटर्सले भारतको एसयूभी बजारमा नयाँ आयाम थप्दै स्कारलेट कोडनेम भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...