२०२६ रोयल इन्फिल्ड गोआन क्लासिक ३५० अपडेटसहित लन्च

रोयल इन्फिल्डले आफ्नो बबर-शैलीको मोटरसाइकल २०२६ गोआन क्लासिक ३५० भारतमा अपडेटसहित लन्च  गरेको छ । यसमा कुनै ठूलो डिजाइन परिवर्तन नगरी दैनिक प्रयोगलाई अझ सहज बनाउने उद्देश्यले केही उपयोगी सुधारहरू गरेको छ।

२०२६ मोडलको लागि सबैभन्दा महत्त्वपूर्ण मेकानिकल अपडेट भनेको असिस्ट र स्लिपर क्लचको थप हो। यसले गियर परिवर्तनलाई अझ सहज बनाउनुका साथै ट्राफिकमा चलाउँदा थकान कम गर्ने अपेक्षा गरिएको छ। साथै पहिले उपलब्ध यूएसबी टाइप-सी पोर्टलाई फास्ट चार्जिङ समर्थन हुने गरी अपग्रेड गरिएको छ । यी परिवर्तनहरू बाहेक गोआन क्लासिक ३५० प्याकेज अघिल्लो मोडलजस्तै राखिएको छ।

सो बाइक स्ट्यान्डर्ड रूपमा ड्युअल च्यानल एबीएस, ३०० एमएम फ्रन्ट र २७० एमएम रियर डिस्क ब्रेक, पूर्ण एलईडी लाइटिङ सिस्टम र ट्रिपर नेभिगेसन पोडको साथ अर्ध-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।

गोआन क्लासिक ३५० को लम्बाइ २,१३० एमएम, चौडाइ ८२५ एमएम र उचाइ १,२०० एमएम छ । यसको ह्विलबेस १,४०० एमएम, ग्राउन्ड क्लियरेन्स १७० एमएम र सिटको उचाइ ७५० एमएम छ। बाइकको कर्ब तौल १९७ किलोग्राम र इन्धन ट्याङ्की क्षमता १३ लिटर छ।

सो बाइकमा ३४९ सीसी, एयर- र आयल-कुल्ड, सिंगल-सिलिन्डर इन्जिनद्वारा संचालित छ। सो इन्जिनले ६,१०० आरपीएममा २०.२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ र ५ स्पिड गियरबक्ससँग जोडिएको छ।

यो बाइक यसको कस्टम-प्रेरित डिजाइनको लागि परिचित छ, जसले यसलाई स्ट्यान्डर्ड क्लासिक ३५० लाइनअपबाट अलग गर्छ। यसमा कम सिट उचाइ, फ्लोटिङ सिंगल सिट डिजाइन, एप-ह्याङ्गर ह्यान्डलबार र सेतो साइडवाल टायरहरू सहितको ट्युबलेस वायर स्पोक आल्मुनियम ह्विल दिइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड बाइकको मूल्यमा भारी गिरावट : एक महिना नपुग्दै मूल्य परिमार्जन

रोयल इन्फिल्ड बाइकको मूल्यमा भारी गिरावट : एक महिना नपुग्दै मूल्य परिमार्जन

नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड मोटरसाइकलको मूल्यमा भारी मात्रामा कमी...

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको लागि आयोजना गरिने नेपाल राइडर्स मिट...

रोयल इन्फिल्डको पहिलो स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक

रोयल इन्फिल्डको पहिलो स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक

मोटोभर्स २०२५ बाइकिङ महोत्सवमा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...