याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर
काठमाडौं – याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री हुने कारको शीर्ष स्थानमा रहेर टाटा नेक्सनले सुखद सुरुवात गरेको छ । दोस्रो नम्बरमा मारुती सुजुकीको डिजायरले बाजी मारे पनि तेस्रो नम्बरमा पनि टाटा पन्चले स्थान लिएको छ ।
यस आधारमा टाटा मोटर्स धेरैको रोजाइमा परेको मान्न सकिन्छ । यति मात्र होइन, टाटा नेक्सनले यो महिना २३ हजार ३६५ युनिट बिक्री गरेर गत वर्षको यही अवधिको तुलनामा ५२ प्रतिशत वृद्धि समेत हासिल गरेको छ ।
यसमा टाटा नेक्सन अर्थात नेक्सन ईभी समेत सामेल छ । नेक्सनको लोकप्रियतामा यसको पावरट्रेन अप्सनका साथै अन्य धेरै पक्षहरुले भूमिका खेलेको मान्न सकिन्छ ।
भारतमा सब–फोर मिटर एसयूभी वा क्रसओभर कारको माग सबैभन्दा धेरै छ । यो सूचीमा टाटा नेक्सनका साथै मारुती सुजुकी ब्रेजा र फ्रङ्क्सका साथै हुन्डाई भेन्यु लगायतका गाडी सामेल छन् ।
नेक्सन पश्चात मारुती सुजुकी ब्रेजा रहेको छ । सन् २०२५ मा सबैभन्दा बढी बिक्री हुने कारको रुपमा यो चिनिएको थियो । फ्लिट र ट्याक्सी सेगमेन्टमा यसको सबैभन्दा धेरै माग भएकोले पनि यसको बिक्रीमा भूमिका खेलको मानिन्छ ।
तेस्रो नम्बरमा रहेको टाटा पन्चलाई प्राविधिक रुपमा निजी कार प्रयोगकर्ताहरुले रुचाउने दोस्रो कार मान्न सकिन्छ । पन्च ईभी समेत जोड्दा यो कार एक महिनामै १९ हजार युनिट भन्दा धेरै बिक्री भएको छ । हालै टाटा पन्चको नयाँ अपडेट भर्सन समेत सार्वजनिक भएको छ । यस अनुसार आगामी दिनमा यसको माग अझै बढ्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समयमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा धेरै अपडेट भए पनि हुन्डाई क्रेटाको क्रेज भने कहिल्यै घटेको पाइदैन । यो महिनामा हुन्डाई क्रेटा समेत १७ हजार भन्दा बढी युनिट बिक्रीका साथ भारतमा बिक्री हुने गाडीको सूचीको चौथो नम्बरमा परेको छ । यसमा पनि क्रेटा एन लाइन र क्रेटा ईभी समेत सामेल गरिएको छ ।
मारुती अर्टिगा पाँचौ नम्बरमा रहेर भारतमा सबैभन्दा रुचाइने एमपीभी कार बनेको छ । डिजायर जस्तै यसलाई पनि निजी र क्याबको रुपमा प्रयोग गर्नेहरु धेरै छन् ।
सूचीको छैटौं, सातौं र आठौं नम्बरमा मारुती सुजुकीकै स्विफ्ट, ब्रेजा र बलेनो रहेका छन् भने नवौं नम्बरमा महिन्द्रा स्कोर्पियो रहेको छ भने दशौं नम्बरमा मारुतीकै भिक्टोरिस रहेको छ । मारुती सुजुकी भिक्टोरिस हालै नेपालमा समेत भित्रिएको गाडी हो ।
काठमाडौं – याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
चीनको शेन्जेनमा आयोजित एसिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२६ मा नेपालका...
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...