साइमेक्स बीवाईडीले विपद् प्रभावित क्षेत्रका लागि अर्थमन्त्रीलाई हस्तान्तरण ग-यो ७ करोडको चेक
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बाढी...
फिलिपिन्समा सन् २०२६ को पहिलो ६ महिनामा जेटोर टी१ लाइटनिङ आई–डीएम सर्वाधिक बिक्री हुने प्लग–इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) मोडल बनेको छ। चेम्बर अफ अटोमोटिभ म्यानुफ्याक्चरर्स अफ द फिलिपिन्स इन्क (क्याम्पी) को पछिल्लो बिक्री तथ्यांकअनुसार जेटोरले टी२ र फिलिपिन्समा एक्स७० नामले बिक्री हुने भीटी९ का हाइब्रिड संस्करणसहित देशको पीएचईभी बजारमा आफ्नो अग्रता थप बलियो बनाएको हो।
सन् २०२६ को पहिलो ६ महिनामा जेटोर अटो फिलिपिन्सले कुल २ हजार ५५ वटा सवारीसाधन बिक्री गरेको छ। त्यसमध्ये १ हजार ९२६ वटा अर्थात् ९३.७ प्रतिशत प्लग–इन हाइब्रिड रहेका छन्। पहिलो ६ महिनामै भएको यो बिक्री सन् २०२५ भर जेटोरले बिक्री गरेको कुल पीएचईभीको ९१ प्रतिशत बराबर हो।
कुल पीएचईभी बिक्रीमध्ये टी१ लाइटनिङ आई–डीएमले १ हजार २७२ युनिट बिक्री गरेको छ, जुन फिलिपिन्समा जेटोरको कुल बिक्रीको करिब ६२ प्रतिशत हो।
जेटोरको बिक्री मध्यपूर्वमा निकै नै उत्साहजनक छ । अब दक्षिण पूर्व एसियामा समेत यसको उपस्थिति बढ्दो क्रममा रहने देखिएको छ ।
टी२ आई–डीएममा जेटोरको नयाँ पीएचईभी पावरट्रेन प्रयोग गरिएको छ। आई–डीएम अर्थात् ‘इन्टेलिजेन्स डुअल मोड’ प्रणालीमा १.५ लिटरको विशेष हाइब्रिड इन्जिन, दुईवटा विद्युतीय मोटर र तीन–स्पिड डेडिकेटेड हाइब्रिड ट्रान्समिसन (डीएचटी) समावेश छन्। यसले संयुक्त रूपमा ३६० हर्सपावर शक्ति र ६१० न्युटन मिटर टर्क उत्पादन गर्छ।
जेटोर टी१ मा १.५ लिटर टर्बोचाज्र्ड इन्जिन रहेको छ, जसले १७० हर्सपावर र २७० न्युटन मिटर टर्क उत्पादन गर्छ। सात–स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) मार्फत यो संचालित हुन्छ ।
अझ बढी शक्तिका लागि जेटोर टी१ २.० लिटर टीजीडीआई एक्सडब्लूडी उपलब्ध छ । यसमा टी२ मा प्रयोग गरिएको समान २.० लिटर टर्बोचाज्र्ड चार–सिलिन्डर इन्जिन रहेको छ। यसले २४५ हर्सपावर र ३७५ न्युटन मिटर टर्क उत्पादन गर्छ। सात–स्पिड डुअल–क्लच ट्रान्समिसन सहित अल–ह्विल ड्राइभ रहेको छ ।
नेपालमा लक्ष्मी ग्रुपले यो गाडी बिक्री गर्ने तयारी गरिरहेको छ । हुन्डाई, बीएमडब्लु, आर्कफक्स, बीएआईसी लगायतका सवारी साधन बिक्री गरिरहेको लक्ष्मी ग्रुपले यो ब्रान्ड समेत उपलब्ध गराउने भएको हो ।
नेपालमा जेटोर टी१ र टी२ उपलब्ध गराउने आवश्यक तयारीका साथ कार्य भइरहेको बताइएको छ । नेपाली बजारमा उपलब्ध भए पश्चात नेपाली ग्राहकले समेत यी गाडीको अनुभव प्रत्यक्ष रुपमा गर्न पाउने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...