जबरदस्त पावर र माइलेजका साथ केटीएम ड्युक २०० नयाँ अवतारमा

केटीएम ड्युक २०० नयाँ अवतारमा लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ९६ हजार भारुमा लन्च गरेको हो । बाइकमा केही परिवर्तन गरिएको छ । यद्यपि यसमा प्रमुख परिवर्तन हेडल्याम्पमा गरिएको छ । अब केटीएम ड्युक २०० नयाँ एलईडी हेडल्याम्पमा आउने भएको छ ।

नयाँ केटीएम ड्युकमा सबैभन्दा ठूलो परिवर्तन हेडल्याम्पमा गरिएको छ । अब नयाँ ड्युकमा पूर्णतया परिवर्तन गरिएको एलईडी हेडल्याम्प हुनेछ । साथै ग्राफिक्समा पनि परिवर्तन देखिने छ । अपडेटेड नयाँ बाइकमा २ वटा रङको विकल्प रहेको छ ।

नयाँ ड्युक २०० को अगाडि र पछाडि डिस्क ब्रेक छ । यसको साथै ड्युअल च्यानल एबीएसले बाइकको स्थिरता बढाएको छ । बाइकको अगाडि यूएसएफ फोर्क सस्पेन्सन र रियरमा कम्पनीको सिग्नेचर मोनोशक छ । बाइकमा ट्युबलेस टायर र ६ स्पोक अलोय ह्विलसहितको अन्डरबेली एक्जस्ट समावेश छ ।

नयाँ बाइकको इन्जिनमा परिवर्तन गरिने अनुमान गरिए तापनि कम्पनीले यसमा कुनै परिवर्तन गरेको छैन । ड्युक २०० मा उही पुरानो सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले २४ बीएचपी पावर जेनेरेट गर्छ । बाइकमा ६ स्पिड गियरबक्स छ । यद्यपि बाइकको माइलेजमा भने केही बढोत्तरी भएको अनुभव हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...