सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

टीभीएसले भारतमा अपडेटेड रेडिअन ११० सीसी कम्युटर मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ २०२२ टीभीएस रेडियन ६० हजार भारु मूल्यका साथ लन्च गरिएको हो । यसमा रियल–टाइम माइलेज इन्डिकेटर (आरटीएमआई) सहितको मल्टी कलर सेगमेन्ट फर्स्ट रिभर्स एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएबी मोबाइल चार्जिङ पोर्ट र विभिन्न फिचरहरु थप भएको छ ।

कम्पनीले रेडिअनको इन्स्ट्रयुमेन्ट कन्सोलको तस्बिर अझै सार्वजनिक नगरेको भए पनि यो टीभीएस रेडरमा भए जस्तै हुने अनुमान गरिएको छ । रिभर्स एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरमा रियल टाइम माइलेज, क्लक, सर्भिस इन्डिकेटर, लो ब्याट्री इन्डिकेटर, टप स्पिड, एभरेज स्पिड आदि डिस्प्ले हुनेछ ।

यो मोटरसाइकलमा १०९.७ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ, जसमा टीभीएसको इकोथ्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजी हुनेछ । यसले ८.२ बीएचपी पावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ४–स्पिड गियरबक्स र टीभीएस इन्टेलिगो प्रविधि हुनेछ ।

नयाँ २०२२ टीभीएस रेडिअन चार भेरिएन्ट र विभिन्न कलर स्किममा उपलब्ध हुनेछ ।

नेपाली बजारमा पनि पहिले देखि नै टीभीएस रेडिअन बिक्रीका लागि उपलब्ध छ । नयाँ २०२२ रेडिअन पनि भविष्यमा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको...

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई...

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...