सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

टीभीएसले भारतमा अपडेटेड रेडिअन ११० सीसी कम्युटर मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ २०२२ टीभीएस रेडियन ६० हजार भारु मूल्यका साथ लन्च गरिएको हो । यसमा रियल–टाइम माइलेज इन्डिकेटर (आरटीएमआई) सहितको मल्टी कलर सेगमेन्ट फर्स्ट रिभर्स एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएबी मोबाइल चार्जिङ पोर्ट र विभिन्न फिचरहरु थप भएको छ ।

कम्पनीले रेडिअनको इन्स्ट्रयुमेन्ट कन्सोलको तस्बिर अझै सार्वजनिक नगरेको भए पनि यो टीभीएस रेडरमा भए जस्तै हुने अनुमान गरिएको छ । रिभर्स एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरमा रियल टाइम माइलेज, क्लक, सर्भिस इन्डिकेटर, लो ब्याट्री इन्डिकेटर, टप स्पिड, एभरेज स्पिड आदि डिस्प्ले हुनेछ ।

यो मोटरसाइकलमा १०९.७ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ, जसमा टीभीएसको इकोथ्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजी हुनेछ । यसले ८.२ बीएचपी पावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ४–स्पिड गियरबक्स र टीभीएस इन्टेलिगो प्रविधि हुनेछ ।

नयाँ २०२२ टीभीएस रेडिअन चार भेरिएन्ट र विभिन्न कलर स्किममा उपलब्ध हुनेछ ।

नेपाली बजारमा पनि पहिले देखि नै टीभीएस रेडिअन बिक्रीका लागि उपलब्ध छ । नयाँ २०२२ रेडिअन पनि भविष्यमा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको...

नाइमा मोबिलिटी एक्सपोमा टीभीएसको सबैभन्दा पावरफुल मोटरसाइकल अपाचे आरटीआर ३१०

नाइमा मोबिलिटी एक्सपोमा टीभीएसको सबैभन्दा पावरफुल मोटरसाइकल अपाचे आरटीआर ३१०

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे...

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...