बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – क्रसएक्स बाइकका २०२० संस्करणका अन्तिम लट नेपाली बजारमा आइपुगेका छन् । क्रसएक्सको नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपालले दुई मोडल २५० एसई र २५० आर नेपाली बजारमा उपलब्ध भएको बताएको छ ।
२५० एसईको मूल्य ७ लाख ९५ हजार र २५० आरको मूल्य ५ लाख ९५ हजार रुपैयाँ छ । अब सन् २०२१ को मोडल मात्र नेपाली बजारमा भित्रिने र त्यसपछि मूल्य समेत बाइकर्स नेपालले जनाएको छ ।
यी मध्ये क्रसएक्स २५० एस पूरै नयाँ स्वरुपमा आएको छ ।
गत भदौ महिना देखि नै बुकिङ खुलाएको भए पनि हाल स्थिति सहज भएकाले बल्ल यी बाइक नेपाली बजारमा भित्रिएको कम्पनीको भनाइ छ ।
बाइकमा भएको २५० सीसीको लिक्विड कुल्ड इन्जिनले ३२ एचपी पावर र ३४ एनएम टर्क जेनेरेट गर्छ ।
बाइकमा स्टिल ट्युबुलर च्यासिस प्रयोग गरिएको छ भने इन्धन ट्यांकी पनि बढाएर १० लिटर बनाइएको छ । बाइकमा अब ३५० पाउन्डको सस्पेन्सन हुनेछ, जसले गर्दा बाइक अझै लचकदार बनेको छ ।
युवाहरुको रोजाईमा डबल साइलेन्सर भएको बाइक पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको बताइएको छ । डर्ट र मोटार्ड दुवै सेगमेन्टमा बाइक उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...