बिना ब्याट्री २ हजार किमी रेन्ज दिने इलेक्ट्रिक कार

क्वान्टिनो इलेक्ट्रिक कारमा ब्याट्री छैन जसको कारण यसको निकै चर्चा हुने गरेको छ । ब्रिटेनको नानोफ्लोसेल कम्पनीले यसको निर्माण गरेको हो र यो बाई–आईओएन प्रविधिमा काम गर्छ ।

सो इलेक्ट्रिक कारलाई क्वान्टिनो ट्वान्टी फाइभ नाम दिइएको छ । यसमा लिथियम आयोन ब्याट्रीको सट्टा, समुद्री पानी वा इन्डस्ट्रियल वाटरलाई फ्युलको रुपमा प्रयोग गरिएको हुन्छ ।

यसमा प्रयोग हुने पानीले बायोफ्युल जस्तै काम गर्छ र यो फ्युल विषाक्तरहित, गैर–ज्वलनशील र हानिरहित हुन्छ । साथै यसले वातावरणमा कुनै पनि प्रकारले हानि गर्दैन । यसको प्रविधिबाट बिजुली उत्पन्न हुन्छ र कारको मोटरलाई पावर दिन्छ । पुरा ट्याङ्की भरेपछि कारले २ हजार किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ ।

कम्पनीले क्वान्टीनो ट्वान्टी फाइभ इलेक्ट्रिक कारको करिब ५ लाख किमीसम्मको परीक्षण गरेको छ । कम्पनीका अनुसार सो कारले ३ सेकेण्डमा ० देखि १०० किमीको गति लिन सक्ने क्षमता छ । इलेक्ट्रिक कार भएकाले यसमा आवाज पनि आउँदैन ।

हाल यो प्रारम्भिक अवस्थामा छ र बजारमा आउन भने समय लाग्ने छ ।

सम्बन्धित समाचारहरू

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्री हुने ईभी एसयूभी

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्री हुने ईभी एसयूभी

चिनियाँ ईभी निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै...

नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?

नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?

काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कुपे कर्भ ईभी आगामी...

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...