होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक
काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...
काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई डेलिभरी गरिएको छ । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक कार्यक्रम गरी मोटरसाइकल हस्तान्तरण गरेको हो ।
नाडा अटो शो २०२४ को अवसरमा गत भाद्र महिनाको ११ गते देखि सो मोटरसाइकल भृकुटी मण्डप प्रदर्शनी हलमा प्रदर्शन गरिएको थियो । कम्पनीका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए ।
हाल दुवै मोडल गरी २०० युनिट डेलिभरी गरिएको कम्पनीको भनाइ छ । नाडा अटो शो २०२४ को अवसरमा १५० युनिट बुकिङ भएका र त्यसपछि ५० युनिट बुकिङ भएको बताइएको छ ।
ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९ सय र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...
बेलायती बाइक निर्माता कम्पनी ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ...
काठमाडौं । ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...