तिहारमा सिएफमोटो एनके ३०० किन्नेलाई ५० हजार बरावरको थप सुबिधा, नयाँ मूल्य कति ?
काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई...
काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई डेलिभरी गरिएको छ । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक कार्यक्रम गरी मोटरसाइकल हस्तान्तरण गरेको हो ।
नाडा अटो शो २०२४ को अवसरमा गत भाद्र महिनाको ११ गते देखि सो मोटरसाइकल भृकुटी मण्डप प्रदर्शनी हलमा प्रदर्शन गरिएको थियो । कम्पनीका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए ।
हाल दुवै मोडल गरी २०० युनिट डेलिभरी गरिएको कम्पनीको भनाइ छ । नाडा अटो शो २०२४ को अवसरमा १५० युनिट बुकिङ भएका र त्यसपछि ५० युनिट बुकिङ भएको बताइएको छ ।
ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९ सय र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई...
पहिलो पटक दुई पाङ्ग्रे सवारी साधन किन्न लागेका मानिसहरूका लागि ठूलो...
काठमाडौँ–काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...