पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले भृकुटीमण्डपमा हाल बजाज एक्सचेन्ज महामेलाको आयोजना गरिरहेको छ । सो अवसरमा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकलसँग नयाँ बजाज मोटरसाइकल साट्न सकिने अफर उपलब्ध छ ।

यस अनुसार पुरानो मोटरसाइकललाई थप १० हजार भ्यालुएसन गरिने कम्पनीको भनाइ छ । नगदमै खरिद गर्न चाहनेलाई १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ भने ४० प्रतिशत सम्म डाउन पेमेन्ट गर्नेलाई शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइने छ ।

सो अवसरमा मोटरसाइकलका लागि निःशुल्क एसेसरिज उपलब्ध गराइने छ भने पुराना मोटरसाइकलको निःशुल्क चेकअप समेत गरिने छ । एकै स्थानमा १८ भन्दा बढी भ्यालुएटरबाट भ्यालुएसन गर्न सकिने भएकाले एक्सचेन्ज महामेला आकर्षण बन्न सक्छ ।

बजाजले हालै केही मोटरसाइकलको मूल्य वृद्धि भएको समेत घोषणा गरेको छ । यद्यपि सो मूल्य महामेला सकिए पश्चात अर्थात आगामी जेठ २४ गते पश्चात मात्र लागू हुनेछ ।

यस अनुसार बजाज पल्सर २२०एफको मूल्य हाल ३ लाख ७४ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य २० हजार रुपैयाँ बढेर ३ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यद्यपि आगामी २४ गते सम्म पुरानै मूल्यमा सो मोटरसाइकल उपलब्ध हुनेछ ।

बजाज २२०एफ नेपाली बजारमा निकै नै रुचाइएको मोटरसाइकल हो । यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन छ, जसले ८५०० आरपीएममा २०.६४ एचपी पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा पाँच स्पिड गियरबक्स लगाइएको छ । पल्सर २२० एफ मोटरसाइकलको टप स्पिड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ ।

सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० एफको कुल तौल १५५ किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो मोटरसाइकल अहिले पनि ‘भ्यालु फर मनी’ मोटरसाइकल मानिन्छ ।

सम्बन्धित समाचारहरू

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक...

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...