साउन महिनामा भित्रिए १६० युनिट विद्युतीय गाडी, कुन क्षमताका कति ?

काठमाडौं - नेपालमा विद्युतिय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना श्रावणमै करिब ४१ करोड ८८ लाख ३९ हजार रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन्। यस अवधिमा सरकारले करिब २८ करोड २९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। एक महिनाको अवधिमै १६० थान विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् ।

विभागका अनुसार श्रावण महिनामा सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । यो क्षमताको १०७ थान गाडी आयात भएका छन् । जसको आयातमा २६ करोड ८२ लाख ४० हजार रुपैयाँ बाहिरिएको छ । यी गाडी आयात मात्र सरकारले १६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ३१ थान गाडी नेपाल भित्रिएका छन्। ती गाडीहरूको आयात मूल्य ११ करोड ५७ लाख ७८ रुपैयाँ र राजस्व ९ करोड ५० लाख ३७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा ५० किलोवाटसम्मका २१ थान कार, जीप र भ्यान आयात भएको छ। जसको आयातमा २ करोड ९९ लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारले १ करोड १८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

त्यस्तै, २ सय किलोवाटदेखि ३ सय किलोवाटको एक थान गाडी आयात हुँदा ४८ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । जसबाट ७५ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, ४८८ थान इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधन पनि नेपाल भित्रिएका छन्। जसको आयात मूल्य ५ करोड ९ लाख ८९ हजार रुपैयाँ रहेको छ यसबाट सरकारले १ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य, वातावरणीय चाप र सरकारले दिएको कर प्रोत्साहनले ईभीतर्फ उपभोक्ता आकर्षित भइरहेका छन्। साथै, बैंक तथा वित्तीय संस्थाले पनि ईभी खरिदमा कर्जा सहज बनाइरहेका कारण बजार थप विस्तार भएको हो। नेपाल विद्युत प्राधिकरणले देशभर चार्जिङ स्टेशन विस्तारलाई प्राथमिकतामा राखेकाले आगामी महिना र वर्षहरूमा ईभीको आयात अझै बढ्ने प्रक्षेपण गरिएको छ।

सम्बन्धित समाचारहरू

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...

नयाँ बजेटको असर : एकैपटक ५ लाखले घट्यो लिपमोटर बी१० को मूल्य

नयाँ बजेटको असर : एकैपटक ५ लाखले घट्यो लिपमोटर बी१० को मूल्य

काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...