काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
काठमाडौँ – विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै...
काठमाडौँ–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् ।
सडक सुरक्षा, व्यावसायिक आचरण र आपतकालीन स्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो २० मिनेटको अनलाइन तालिम पूरा गर्ने ड्राइभरहरूलाई कम्पनीले डिजिटल प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीका अनुसार यो तालिम मुख्यतया अन–प्ल्याटफर्म सुरक्षा, राइड–हेलिङका लागि सडक सुरक्षाका आधारभूत ज्ञान र आपतकालीन अवस्थामा प्रयोग गरिने एसओएस सुविधामै केन्द्रित छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राई र कम्युनिकेसन्स म्यानेजर मञ्जीता गुरुङले ड्राइभरहरूको व्यस्त समयलाई ध्यानमा राख्दै तालिमलाई छोटो र व्यावहारिक बनाइएको र यसले दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
तालिममा सहभागी मोटरसाइकल र क्याब ड्राइभरहरूले पनि यो तालिमबाट सडक सुरक्षा र यात्रुसँगको व्यावसायिक व्यवहारका विषयमा उपयोगी जानकारी पाएको प्रतिक्रिया दिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...