ट्रक चलाउँदै खाना पकाउने चालक बने भारतका चर्चित डिजिटल क्रिएटर
भारतको झारखण्डस्थित जामताडा जिल्लाका राजेश रावानीले परिवारको पालनपोषणका...
काठमाडौँ–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् ।
सडक सुरक्षा, व्यावसायिक आचरण र आपतकालीन स्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो २० मिनेटको अनलाइन तालिम पूरा गर्ने ड्राइभरहरूलाई कम्पनीले डिजिटल प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीका अनुसार यो तालिम मुख्यतया अन–प्ल्याटफर्म सुरक्षा, राइड–हेलिङका लागि सडक सुरक्षाका आधारभूत ज्ञान र आपतकालीन अवस्थामा प्रयोग गरिने एसओएस सुविधामै केन्द्रित छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राई र कम्युनिकेसन्स म्यानेजर मञ्जीता गुरुङले ड्राइभरहरूको व्यस्त समयलाई ध्यानमा राख्दै तालिमलाई छोटो र व्यावहारिक बनाइएको र यसले दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
तालिममा सहभागी मोटरसाइकल र क्याब ड्राइभरहरूले पनि यो तालिमबाट सडक सुरक्षा र यात्रुसँगको व्यावसायिक व्यवहारका विषयमा उपयोगी जानकारी पाएको प्रतिक्रिया दिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...