लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि संशोधन गरिएको छ। विभागले अक्टोबर १६ मा स्मार्ट लाइसेन्सका लागि आवश्यक १२ लाख कार्ड खरिदको ठेक्का आह्वान गरेको थियो।
उक्त ठेक्कामा हालसम्म ७ वटा अन्तर्राष्ट्रिय कम्पनीहरु इच्छुक देखिएका विभागले जनाएको छ। यसको अन्तिम मिति नोभेम्बर ३० सम्म रहेको छ। तर विभागले भने ठेक्कामा एक महिनापछि केही संशोधन गरेको छ।
प्रिबिडिङको प्रक्रियामा कम्पनीहरुले कार्डको डेलिभरी गर्ने समयसीमा बढाउन पर्ने माग राखेकाले ठेक्कामा उक्त समय संशोधन गरिएको विभागले जनाएको छ। यस भन्दा अघि डिजाइन पास भएको ९० दिनभित्र सबै कार्ड डेलिभरी गर्नुपर्ने व्यवस्था राखेको थियो।
कम्पनीहरुले विश्व बजारमा चिपको अभाव यथावत रहेकाले ९० दिनभित्र सबै कार्ड डेलिभरी गर्न नसकिने बताएपछि समय थप गरिएको विभागका एक कर्मचारीको भनाइ छ। संशोधनपछि ठेक्का पाउने कम्पनीले ९० दिनभित्र ६ लाख र त्यसपछिको ४५ दिनभित्र ६ लाख कार्ड डेलिभरी गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।
उनका अनुसार समयसीमा मात्र संशोधन भएका छन्। यसमा अरु सबै पहिलेकै व्यवस्था यथावत गरिएको छ।
यस ठेक्कामा अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले सहभागिता जनाउन सक्नेछन्। यसका लागि लगभग १२ करोड रुपैयाँ लागत अनुमान गरिएको विभागले जनाएको छ। यसभन्दा अघिको १४ लाख कार्ड सप्लाईको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...