साउनमा भित्रिए ११० विद्युतीय कार

काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा ११० विद्युतीय कार नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यका यी विद्युतीय कार, जिप र भ्यान भित्रिएका हुन् ।

साउनमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ युनिट, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।

भन्सार विभागले हालै सो तथ्य सार्वजनिक गरेको हो । यो वर्ष सरकारले प्रस्तुत गरेको बजेटमार्फत १०० किलोवाट भन्दा माथिका विद्युतीय सवारी साधनमा कर बढाइएको थियो । यस अनुसार पनि १०० किलोवाट भन्दा कमका सवारी साधन बढी भित्रिएको पाइन्छ ।

यद्यपि नेपाली बजारमा यही क्षमताका विद्युतीय सवारी साधनको माग बढी हुने भएकाले पनि यसको प्रत्यक्ष असर यसमा परेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि...

काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११

काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११

काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...