१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा

काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल भएयता १ हजार यूनिट बिक्री भएको छ । २०८१ साल चैतदेखी नेपालमा एसेम्वल हुँदै आएको क्रेटाले २० महिनाको अवधीमा उक्त माइलस्टोन हाँसिल गरेको हो ।

‘मेड इन नेपाल’ क्रेटाको १ हजार औं ग्राहक गायक सुजन चापागाईं बनेका छन् । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहिबार चापागाईलाई सो एसयूभी हस्तान्तरण गरहेको हो ।

नेपालमा पहिलोपटक सन् २०१५ मा भित्रिएको क्रेटा एसयूभी हालसम्म १० हजार यूनिट भन्दा बढी बिक्री भइसकेको कम्पनीको भनाइ छ । नेपालमा यो एक आकर्षक एसयूभीको रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।

नेपालमै उत्पादन हुन थालेपछि एउटै मोडलमा ९ लाख रुपैयाँसम्म घटेको क्रेटाको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध यस एसयूभीको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन

क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन

हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी...

आयो हुन्डाई भेन्यु फेसलिफ्ट : यस्तो छ मूल्य र फिचर

आयो हुन्डाई भेन्यु फेसलिफ्ट : यस्तो छ मूल्य र फिचर

हुन्डाई मोटर इन्डियाले आफ्नो फेसलिफ्ट हुन्डाई भेन्यु आज भारतमा लन्च गरेको...

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...