१० लाख भारुभन्दा कम मूल्यमै आयो हुन्डाई बायोन, एआईदेखि प्यानोरामिक सनरुफसम्मका फिचर
काठमाडौं–हुन्डाई मोटर इन्डियाले नयाँ कम्प्याक्ट एसयूभी बायोन सार्वजनिक...
काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल भएयता १ हजार यूनिट बिक्री भएको छ । २०८१ साल चैतदेखी नेपालमा एसेम्वल हुँदै आएको क्रेटाले २० महिनाको अवधीमा उक्त माइलस्टोन हाँसिल गरेको हो ।
‘मेड इन नेपाल’ क्रेटाको १ हजार औं ग्राहक गायक सुजन चापागाईं बनेका छन् । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहिबार चापागाईलाई सो एसयूभी हस्तान्तरण गरहेको हो ।
नेपालमा पहिलोपटक सन् २०१५ मा भित्रिएको क्रेटा एसयूभी हालसम्म १० हजार यूनिट भन्दा बढी बिक्री भइसकेको कम्पनीको भनाइ छ । नेपालमा यो एक आकर्षक एसयूभीको रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।
नेपालमै उत्पादन हुन थालेपछि एउटै मोडलमा ९ लाख रुपैयाँसम्म घटेको क्रेटाको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध यस एसयूभीको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...