१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने भएको छ । एमजी मोटर्स १०० वर्ष पुगेको अवसरमा नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो एक्सचेन्ज अफर ल्याएको हो ।

पारामाउन्ट मोटर्सले पुराना गाडी ल्याएर आउने ग्राहकलाई उत्साहजनक फाइदाका साथै पुरानो गाडीका लागि आकर्षक एक्सचेन्ज रेट समेत दिने बताएको छ ।

एक्सचेन्ज अफरमा भाग लिन चाहने ग्राहकले बनेपा, नारायणगढ, बुटवल, भैरहवा, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, धनगढी, दाङ र वीरगन्जमा रहेका एमजी डिलरहरूमा सम्पर्क राख्न सक्नेछन् ।

नेपाली बजारमा उपलब्ध एमजी जेडएस ईभी कम्फर्ट भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ जेडएस ईभी
एमजीको ग्लोबल डिजाइनमा आधारित जेडएस ईभीमा जडान गरिएको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । सो एसयूभीको ब्याट्री वारेन्टी भने ८ वर्षको रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि डीएबी रेडियो र ब्लुटुथयुक्त १०।१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ । यसको डिलक्स भेरिएन्टमा दिइएको पानारोमिक सनरुफ, हिटेड फ्रन्ट सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, थ्रीडी साउन्ड सिस्टम र रुफरेल लगायत फिचर कम्फर्ट भेरिएन्टमा भने पाउन सकिँदैन ।

यसमा ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री र स्टार्ट, ड्राइभरको लागि सिक्सवे र फ्रन्ट प्यासेन्जरको लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा आईसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू ९आउटर रियर सिटहरू०, ६०र४० फोल्डिङ रियर सिट, पावर–फोल्डिङ जस्ता फिचरहरु पाउन सकिन्छ ।

१०० वर्षमा एमजी
एमजीको पुरा रुप मोरिस ग्यारेज हो । सन् १९२४ मा बेलायतको अक्सफोर्डस्थित एक ग्यारेजमा स्थापना भएको थियो । यो मोरिस कारको एक डिभिजनको रुपमा यसको स्थापना भएको थियो । त्यसैले यसलाई एमजी अर्थात मोरिस ग्यारेज भनिएको हो । सेसिल किम्बर यसका संस्थापक थिए । पहिलो स्पोर्ट्स कारको रुपमा ‘वर्ल्ड नम्बर वान कार’ सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचारहरू

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो...

टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने

टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने

टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना...

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...